सिमकोट । जिल्लामा पर्यटक घुम्न आउने सिजन सुरुभएसँगै कोरोना त्रासका विच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रीने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्नका लागी दुई दिनको अवधिमा एक सय ७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।
दुई वर्ष देखि चीनले आफ्नो सिमासँग जोडिएको हिल्सा नाका कोरोना संक्रमणको त्रासका कारण बन्द गरेको भएपनि नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागी गुरु सदगुरु सहित विभिन्न देशका पर्यटक जिल्लामा आउन थालेका छन् ।
सदगुरु सहितको टोली हुम्लाबाट नेपाली भुमि लाप्चा क्षेत्रबाट पैदल मार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि १०७ जना काठामाडौंबाट हेलिकप्टर मार्फत सिधै सिमकोट आईपुगेका छन् । ट्रेकर सोसाईटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाईड र आवश्यक सामाग्री सबै हुम्ला आई पुगेको छ ।
आज हुम्ला आउदै सदगुरु
पाँच हजार मिटर अग्लो स्थानमा रहेको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्नका लागि सदगुरु आज बुधबार काठमाण्डौबाट सिधै हुम्ला आउदै हुनुहुन्छ । उहाँ काठमाडौंबाट सिधै हेलिकोप्टरबाट हुम्ला आउनु लाग्नु भएको हो । पर्यटन व्यवसायी विजय लामाका अनुसार, “गुरु एक रात सिमकोटमा बस्ने र भोली विहिबार बिहान मात्र पैदल मार्गबाट लाप्चातर्फ लाग्नु हुनेछ” । सदगुरुसँग १२ जना भारतीय लगाएयत दश देशका तीर्थलु सहभागिता रहनेछन् ।” टोलीको यात्राका लागि मोटर साईकल देखि घोडाको समेत व्यवस्था गरिएको छ ।
सदगुरुले प्रयोग गर्ने मोटरसाईल समेत मङ्गलबार सिमकोटमा आईपुगेको छ । उक्त मोटरसाईकल हवाई जहाज मार्फत सिमकोट पुर्याइएको हो ।