कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुको पारिश्रमिकको यथार्थ अबस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । बिभिन्न सञ्चार माध्याममा आबद्ध संचारकर्मीहरुले न्यून पारिश्रमिकमा काम गर्नु परि रहेको पिडा सरोकारवाला पक्षसंग सञ्चारकर्मीहरुले पोखेपछि न्यूनतम पारिश्रमिक निर्धारण समिति र प्रेश काउन्सील नेपालले उपसमिति हुम्लाबाटै गठन गरेको हो ।
समितिका अध्यक्ष राजेन्द्र अर्यालले कर्णालीका सञ्चारकर्मीको न्यून पारिश्रमिक पाएको गुनासो आएपछि त्यसको यथार्थ अध्ययन गरेर प्रतिबेदन पेश गर्न न्यूनतम पारिश्रमिक समितिका सदस्य नवराज महताराको संयोजकत्वमा पाँच सदस्य उपसमिति गठन गरिएको छ । त्यो संगै कर्णालीमा पत्रकारिता क्षेत्रको बिकासका लागि पनि सुझाव तय गर्नेछ । उपसमिति गठन भएपछि यसलाई पुर्णता दिन पत्रकारहरुका पेशागत संगठनको नेतृत्वसँग समन्वय गर्ने संयोजक महताराले बताए । उपसमितिले पुर्णता पाए लगत्तै काम सुरु हुने भएको छ । समितिमा कर्णाली क्षेत्रमा काम गर्ने सञ्चारकर्मीलाई समावेश गरिनेछ । यो प्रतिबेदन आए सञ्चारकर्मीका समस्या समाधान गर्न सहज हुने विस्वास गरिएको छ ।
यो उपसमितिको प्रतिबेदनलाई प्रेश काउन्सीलले पनि मान्यता दिने काउन्सील अध्यक्ष बालकृष्ण बस्नेतले बताउदै दुर्गममा पत्रकारहरु न्यूनपारिश्रमिक पिडामा काम गर्नु परेको यथार्थ भएको बताउनुभयो । यसका लागि उपसमितिले के गर्न सकिन्छ भन्नै सुझाव समेत दिनेछ । समितिले साउन महिनाभित्र अध्ययन गरेर प्रतिबेदन न्यूनतम र प्रेश काउन्सीलमा पेश गर्नु पर्नेछ । टोली एकिकृत सञ्चार शिविर सञ्चालन गर्न हुम्लामा आएको थियो ।