तीन गाउँपालिकामा ८५ प्रतिशत पाठ्यपुस्तक पुग्यो

दाने बोहरा आइतबार, भाद्र १३, २०७८

सिमकोट । हुम्लाको माथिल्लो भेगमा रहेका तीनवटा गाउँपालिकाको लागी पाठ्यपुस्तक पुराउने जिम्बा लिएको रोकाया पुस्तक पसलले ८५ प्रतिशत पुस्तक जिल्लामा पुगेको बताएको छ ।

सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका गरेर तीनवटा पालिकामा पाठ्यपुस्तक पुराउने जिम्बा लिएको रोकाया पुस्तक पसलले निमावी,प्रावि र माविका गरेर ८५ प्रतिशत पुगेको सञ्चालक ज्ञान बहादुर रोकायाले जानकारी दिनुभयो ।

तीनवटा गाउँपालिकामा रहेका ५८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत माध्यामिक र निमावीका प्राय जसो सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याइसकेको रोकायाले बताउनुभयो ।

कक्षा एकको विद्यार्थीका एक दुईवटा विषयको पुस्तक मात्रै बाँकी रहेको र अन्य सबै पुगेको उहाँले बताउनुभयो । निम्न माध्यामिक विद्यालयको पनि आधा भन्दा बढी पुस्तक आईपुगेको र आउन बाँकी रहेको पुस्तक चाडै जिल्लामा पुग्ने भएको रोकायाले बताउनुभयो ।

सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका ५८ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी पाठ्यपुस्तक पुराउने जिम्बा रोकाया पुस्तक पसलले लिँदै आएके छ ।

रोकायाले भन्नुभयो, “अधिकांस विद्यालयबाट पाठ्यपुस्तकको माग धेरै आउने गरेको भएपनि, पसलमा नेपालगञ्जबाट आईपुगेको भएपनि अन्तिममा लिन आउन छोड्ने गरेका छन् । ”

कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ भने झण्डै साढे एक वर्ष देखि जिल्लामा पठनपाठन ठप्प हुँदै आएको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण यो वर्षको गत असार १ गतेबाट सुरु भएको थियो ।

कोरोना कहरले जिल्लामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा आउन नसकेपनि गत असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरुभएको थियो । नयाँ शैक्षिक सत्र सुरुभएको झण्डै साढे एक महिना पछि विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेका छन् । कोरोना सङ्क्रमण फैलने डरले विद्यालय बन्द भएर घरमै सीमित भएका विद्यार्थीहरु पठनपाठनमा ठूलो बाधा पुगेको छ । कोरोना कहरले विद्यालय बन्द रहेपनि पाठ्यपुस्तक पाएका विद्यार्थीले घरमै अध्ययन गर्ने भएका छन् ।

यस्तै जिल्लाको दक्षिण भेगमा रहेका रहेका चारवटा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक नपाइएको गुनासो गरेका छन् । अधिकांस गाउँपालिकाले पाठ्युपुस्तक समयमै पुराएको भएपनि अधिकांस विद्यालयका विषयगतका पाठ्यपुस्तक पुग्न नसकेको पाइएको छ ।

जिल्लाको माथिल्लो भेगमा रहेका तीनवटा गाउँपालिकाका लागी हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ । दक्षिण भेगका चारवटा गाउँपालिकाका विद्यार्थीका लागी पैदल मार्गबाट ढुवानी भएर पुग्ने गर्दछन् । जिल्लमा पुस्तक पुराउने जिम्बा लिएका पुस्तक पसलेहरुले पुस्तक पुराएको भएपनि कोरोना कहरले विद्यालय बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]