लिमीमा फोर जि टावर निर्माणका लागि हेलिकोप्टर मार्फत सामान ढुवानी

दाने बोहरा सोमबार, भाद्र १४, २०७८

सिमकोट । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीमा नेपाल टेलिकमको फोर जि टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ । लिमीमा फोर जि टावर निर्माणका लागी हेलिकोप्टरबाट सामान ढुवानी गरिएको हो ।

विगत लामो समयदेखि लिमीमा टावर नहुँदा सञ्चारमा जोडीन नसकेका लिमीका जनताहरुलाई सञ्चारमा जोड्नका लागी फोर जिको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाले भन्नुभयो, “जनताहरु सञ्चारमा जोडिन पाउने आशामा धेरै समयसम्म रहेका थिए । ” आफूहरुको अथक प्रयास र बल्ल सपना पूरा हुने क्रममा छ । मान्छेले बोक्न सक्ने अवस्था नभएकाले हेलिकोप्टर मार्फत सामान ढुवानी गरिएको हो । ”

टावर निर्माणका लागी सामान सहज ढुवानी गर्ने सकिने अवस्था नरहेका कारण बढी तौल भएका सामाग्री हेलिकप्टर मार्फत ढुवानी गरिएको बताइएको छ । टावर निर्माणका लागी सोलार सिस्टमका उपकरणहरु सिम्रीक एयरको हेलिकोप्टर मार्फत ढुवानी गरीएको हो । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागी फोर जि टावर निर्माण गर्न लागिएको हो ।

वडा ६ मा रहेका तिल र हल्जि गाउँ नजिकमा पर्ने अग्लो डाँडामा टावर निर्माण गरीने भएको छ । ठेक्का टेण्डरबाट टावर निर्माण हुन लागेको हो भने हेलिकोप्टरको सामान ढुवानी खर्च गाउँपालिकाले तिरेको बताइएको छ ।

अन्य थप सामाग्री गाडीबाट ढुवानी गरीने भएको गाउँपालिका श्रोतले जानकारी दिएको छ । यस्तै यारी र ओखरेनका लागी पनि फोर जिको टावर जडान गरीने भएको छ ।

नाम्खाको लिमी भ्याली पर्यटकिय गन्तव्यका लागी जिल्लाकै उत्कृष्ठ मानिदै आएको छ । लिमीको लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागी वर्षेनी आन्तरीक तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा पुग्ने गर्दछन् । फोर जि टावर निर्माण पछि सञ्चालनमा आएपछि यहाँका स्थानीय मात्रै नभएर यस क्षेत्रमा पुग्ने पर्यटकहरु समेत सञ्चारमा सहजै टोडिन पाउने भएका छन् ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]