सिमकोट । हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको छ ।
बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सा सिमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार सो समितिमा नापी विभाग, सशस्त्र प्रहरी, सीमा विज्ञको समेत प्रनिनिधित्व रहने भएको छ । २०७७ असोजमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर ९ वटा भवन बनाएको दाबी सार्वजनिक भएको थियो ।
१२ नम्बर पिल्लर सारेर लोलुजुङमा भवनहरु बनाएको, हिल्लाको ९(२) सीमा स्तम्भको दुईतिहाइ भाग चीनतिर पारेर बार लगाएको, हिल्साकै किडको ६(१) सीमा स्तम्भ आफ्नोतिर पारेर तारबार बनाएको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको सरकारी टोलीले स्थलगत अध्ययन पनि ग¥यो । त्यसको प्रतिवेदन सार्वनजिक नभए पनि परराष्ट्र मन्त्रालयले चीनले नेपाली सीमा नमिचेको बतायो ।
हुम्ला र चीनको सिमा क्षेत्रमा १५ वटा सिमा स्तम्भ
हुम्ला र चीनको सिमा क्षेत्रमा स्थापित भएका प्रहरी चौकीको मातहतमा सिमा स्तम्भ रहेका छन् । जसमध्ये ५ वटा सहायक र १० वटा मुख्य पिल्लर छन् । जिल्ला प्रशासन कार्यालय हुम्लामा भएको रेकर्ड अनुसार ३, ४, ५९१०, ६९१०, ७९१०, ८९१०, ९९१०, १०, ११ र १२ नम्बरका मुख्य पिल्लर हुन भने ५९२०, ६९२० ७९२०, ८९२० र ९९२० नम्बका पिल्लर सहायक पिल्लरका रुपमा स्थापना गरिएका छन् । ३६ सय मिटरदेखि ६५५० मिटरको उच्चाईमा रहेका १५ वटै पिल्लरको पछिल्लो अवस्था सामान्य रहेका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
सिमानामा राखिएका स्थम्भको दूरी ८ सय मिटर देखि ७० किलो मिटरसम्म रहेको छ । उत्तरी छिमेकी मुलुक चीनसँग हुम्लाको अधिकांश उत्तरी क्षेत्रको भूभाग जोडिएको छ । हुम्लामा सिमा नाका भने पाँचवटा मात्रै रहेका छन् । जसमध्ये तीनवटा सिमा नाका उत्तरको नाम्खा गाउँपालिकाको सिमानामा पर्दछन् ।
जहाँ जिल्ला सदरमुकाम सिमकोट देखि ३४ कोषको दूरीमा रहेको हिल्सा नाका, ५० कोषको दूरीमा नाम्खा गाउँपालिका ६ लिमिको तालिङ नाका, सिमकोट देखि १३ कोष दुरीमा रहेको सिमकोट गाउँपालिका १ को चुवाखोला नाका र सिमकोटदेखि ४४ कोषको दुरीमा रहेको चंखेली गाउँपालिका ५ स्थित टाँके नाका छन ।
चुवाखोलाको सिमाना ठेहे प्रहरी चौकी मातहत राखिएको छ भने टाके नाका मेल्छाम प्रहरी चौकीले रेखदेख गर्ने गरेर राखिएको छ । तर दुई देशको सिमाना एकिन गर्न चुवाखोला र टाँकेमा कुनै सिमा स्थम्भ राखिएको छैन् ।