विभिन्न पार्टी परित्याग गरी १२ जना एमालेमा प्रवेश

नेपालचेक समाचारदाता बिहिबार, भाद्र १७, २०७८

सिमकोट । विहिबार १२ जनाले एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट गरेर विहिबार १२ जनाले नेकपा एमालेमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।

सिमकोट गाउँपालिका वडा २ (साविक वडा १ ठेहेबाट ११ जना र सर्केगाड गाउँपालिकाको फुचाबाट एक जना गरेर १२ जनाले एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका नवप्रवेशीलाई पार्टीका पोलीटव्यूरो सदस्य तथा कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटी, जिल्ला पार्टी अध्यक्ष दल रावल, अदानचुली गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य दल फडेरा, प्रदेश कमिटी सदस्य सौमती ऐडि लगायतले स्वागत गरेको जानकारी प्राप्त भएको छ ।

एमाले पार्टी जनताको सुख दुःखको साथी रहेकाले आफुहरुले यो पार्टी रोजेको नवप्रवेशीहरुले बताएका छन् । उनिहरुले लामो समय देखि विभिन्न पार्टीमा रहँदै आएको भएपनि कुनै मूल्याकन नभएको भन्दै असन्तुष्टि जनाउँदै आज एमाले हुन् ।

जिल्ला कमिटी बैठक तथा जिल्ला भेलाको लागी एमालेका नेता तथा कार्यकर्ताहरु यतिबेला सिमकोट केन्द्रित भएका छन् ।

एमाले फुटेर दुई पार्टी भएको छ । हुम्लामा माधव नेपालको एकिकृत समाजबादी भन्दा केपी ओलीको एमाले पक्ष बलियो देखिएको छ । जिल्लाका अधिकांस नेताहरु एमालेमै रहेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]