हुम्लामा एमालको पार्टी एकता पहल कमिटी गठन,

नेपालचेक समाचारदाता शुक्रबार, भाद्र १८, २०७८

सिमकोट । पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिती गठन गर्दै एमाले हुम्ला जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ ।

गत २३ फागुनको सर्वोच्च अदालतको निर्णयले पूर्ववत् एमालेमा फर्किएपछि पहिलो पटक बसेको जिल्ला कमिटी बैठकले पार्टीका नेताहरुलाई समाहित गर्न जिल्लाका शीर्षनेताहरू सम्मिलित तीन सदस्यीय पहल समिति गठन गर्ने निर्णय भएको एमाले हुम्लाका उपाध्यक्ष ज्ञामी बुमीले न्युज कारखानालाई जानकारी दिए ।

’पहिलो पटक बसेको बैठकले तीनवटा समिति गठनसहितका तीनवटा समिति गठन गर्ने निर्णय गरेको छ’, उपाध्यक्ष बुमीले भने, ’पार्टीका कार्यबाहक सचिवको संयोजकत्वमा संगठित सदस्यता नविकरण र उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन समिति गठन गर्ने निर्णय भएको छ ।’

जिल्ला समन्वय समितिको सभाकक्षमा पार्टी अध्यक्ष दल रावलको अध्यक्षतामा बसेको बैठकले पार्टी सचिव तीर्थराज रोकाया माधव नेपाल नेतृत्वको नेकपा समाजावदीमा गएपछि रिक्त रहेको सचिवमा उपसचिव पूर्णप्रसाद ढकाललाई जिमेवार दिने निर्णय गरिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकको निर्णयलाई समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन १२ अनुसार पार्टीका अधिवेशनको तयारी गर्न पार्टीका संगठित सदस्यता नविकरण, पार्टीका आन्तरिक काम गर्ने तयारीलगायतका निर्णय बैठकले गरेको बताइएको छ ।

पर्टीका जिल्ला इन्चार्ज गोरख बोगटी, प्रदेश कमिटी सदस्य दल फडेरा लगायतका नेताहरु सहभागी बैठकले पार्टीका काम सञ्चालन गर्न जिल्लाका सातवटै स्थानीय तहमा पार्टी संगठनका गतिविधि सञ्चालन गर्न पालिकास्तरीय कार्य योजना निर्माण गर्ने, पार्टी अभियान सञ्चालन गर्ने लगायतका १४ वटा निर्णय गरिएको छ ।

बैठकले पार्टीको आर्थिक कारोबार सञ्चालन गर्न राष्ट्रिय बाणिज्य बैंकमा रहेको एमालेको खातामा उपाध्यक्ष ज्ञामी बुमी र कार्यबाहक सचिव पूर्णप्रसाद ढकालको संयुक्त हस्ताक्षरमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
आजै नेकपा एमाले हुम्लाको जिल्ला भेला सिमकोटमा सुरु भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट गत २३ फागुनको सर्वोच्चको फैसाला पश्चात पहिलेकै अवस्थामा पुगेको नेकपा एमाले हुम्लाको पहिलो पटक जिल्ला भेला जिल्ला समन्वय समितिको सभाकक्षमा सुरु भएको एमाले उपाध्यक्ष ज्ञामी बुमीले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]