सिमकोटमा आज विहान देखि राती सम्म विद्युत सेवा आंशिक विद्युत आपूर्ति हुने

नेपालचेक समाचारदाता शुक्रबार, भाद्र १८, २०७८

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा आज शनिवार विहान देखि राती दश बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेभएको छ ।

केही दिन अगाडी पहिरोले वितरण केन्द्रको संरचनामा क्षेति पुर्याएपछि मर्मत गर्नु पर्ने भएका कारण शनिवार विहान ५ बजेदेखि राती १० बजेसम्म आंशिकरुपमा मात्रै विद्युत सेवा सन्चालन हुने भएको नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरण हेल्दुङ्ग वितरण केन्द्रको ओभरफलो संरचनामा पहिरो गई क्षेति भएकाले शनिवार देखि मर्मत गरिने भएको हुँदा विद्युत सेवा बन्द हुन सक्ने नेपाल विद्युत प्राधिकरण हेल्दुङ्ग वितरण केन्द्रका प्रमुख साजन बहादुर ऐडिले जानकारी दिनुभयो ।

शुक्रबार प्राधिकरणको हुम्ला शाखाले एक सूचना जारी गर्दै सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिका सहित बजारवासीका सेवाग्राहीलाई आंशिकरुपमा सञ्चालन हुने भएको जनाएको छ ।

जिल्लाका दुईवटा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब २३ सय भन्दा बढी सेवाग्राहीले विद्युत सेवा उपभोग गर्दै आएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]