यस्तो छ, आजको मौसम………..

नेपालचेक समचारदाता आइतबार, आषाढ २०, २०७८

काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ । यस्तै बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाले आइताबर दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना औंल्याएको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि दिउँसोको जस्तै अवस्था रहने महाशाखाको भनाइ छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]