हुम्लामा खुल्न थाले विद्यालय

दाने बोहरा आइतबार, भाद्र २०, २०७८

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समय सम्मको कोरोना कहरले बन्द रहेका सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आउन थालेका छन् । जिल्लामा कोरोना संक्रमणको दर कम हुँदै गएपछि जिल्लाका सातवटै गाउँपालिकाले आफ्ना मातहातमा रहेका शैक्षिक गतिविधी सञ्चालनमा ल्याउन थालेका हुन् ।

जिल्ला डिसिसिएसिमको भदौ १४ गते सोमबार बसेको बैठकले जिल्लाभरी रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कोभिडको अवस्था हेरी शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेअनुसार हुम्लाका स्थानीय तहले विद्यालय पठनपाठन कार्यलाई अगाडी बढाउन थालेका हुन् ।

जिल्लाको उत्तरी उच्च भेगमा रहेको नाम्खा गाउँपालिकाले आजबाट आफ्ना पालिकामा रहेका विद्यालय सञ्चालनमा ल्याएको छ । कोरोना संङ्क्रमण कम भएको निष्कर्ष निकाल्दै गाउँपालिकाका शिक्षा समितिको बैठकले पठन पाठन सञ्चालन गर्ने निर्णय गरे अनुसार विद्यालय सञ्चालनमा ल्याएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनलाल रोकायाले जानकारी दिनुभयो ।

गाउँपालिकाको शिक्षा समितीले १६ गते गरेको निर्णय अनुसार आजबाट विद्यार्थीको भौतिक उपस्थितीमा पठन पाठन सुरु भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रोकायाले बताउनुभयो ।

कोरोना संङ्क्रमणले लामो समय बन्द रहेका विद्यालयहरुलाई सुचारु गर्ने वातावरण तयार भएपछि १७ वटै विद्यालय सुचारु गरेको गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले बताउनुभयो ।

यसअघि निर्णय भएर विद्यालयलाई पत्राचार समेत भइ सकेको कारण सबै स्वास्थ्यका मापदण्ड पुरा गरेर पठनपाठन सुरु भएको हो ।

विद्यालयहरुले स्वास्थ्य मापदण्ड भने पुर्ण रुपमा अपनाएको बताइएको छ । नाम्खाका कुल विद्यालय मध्य लिमीका दुई वटा वटा विद्यालयहरुमा भने यसअघि पनि नियमती पढाइ जारी रहेको थियो ।

यस्तै जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाले भदौ २२ गते मङ्गबारबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । केही समय अगाडी कोरोनाको हटस्पटका रुपमा रहेको दक्षिण भेगका चारवटा गाउँपालिकाले समेत संक्रमणको अवस्था शून्य रहेपछि विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेका छन् ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाले तीजको पछिल्ला दिन २७ गतेबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय यसअघि नै गरीसकेका छन् ।

जिल्लाको तीनवटा चंखेली,ताँजकोट र सर्केगाड गाउँपालिकाले भने विद्यालय सञ्चालनमा ल्याउने अहिलेसम्म निर्णय गरी नसकेको बताइएको छ ।

यसअघि लामो समय बन्द रहेका जिल्लाभरका सामुदायिक विद्यालयमा पूर्ण सावधानी अपनाएर पठन पाठन सुचारु गर्ने जिल्ला कोभिड संकट व्यवस्था केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेको थियो ।

कोरोना संक्रमण केही कम भएको र विद्यालय खुलाउनु पर्ने माग सबैतिरबाट आइरहेको बेला केन्द्रको केही दिन अगाडी बसेको केन्द्रको बैठकबाट सो निर्णय भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]