जुम्ला । शनिवार मात्रै कर्णाली प्रदेशको जुम्ला जिल्लामा एकिकृत समाजवादी लागेर एमाले शून्य भनिएको भएपनि आजको एमालेको भेलामा जनसागर उर्लिएको छ । जुम्लामा कर्णाली प्रदेशका दशवटा जिल्ला मध्य जुम्लामा बढी एमाले रहेको बताइएको छ ।
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा जुम्ला जिल्लाका इन्चार्ज गोरखवहादुर बोगटीले नेकपा एकिकृत समाजवादि पार्टीको भविष्य नभएको बताउनु भएको छ । नेकपा एमालेबाट फुटेर नभइ चोइटिएर माधव नेपालले समाजवादि पार्टी खोलेको हुँदा भविष्य नभएको उहाँको भनाइ छ ।
नेकपा एमाले जुम्लाको बृहत्त कार्यकर्ता भेलालाई आईतबार सम्बधोन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेकपा एमालेको सिद्धान्त र बिचारलाई परित्याग गरि प्रतिक्रियावादिको मतियार भएर माधव चाइेटिएको बोगटिले बताउनु भयो । उद्देश्य, बिचार र विना सिद्धान्तको पार्टी हुन नसक्ने उहाँको भनाइ छ । १५ वर्षसम्म नेकपा एमालेको पार्टी महाचिव भएर चलाएको व्यक्तिले पुरै सिद्धान्त बिर्सनु राजनीतिक बेइमानी भएको बोगटिले बताउनु भयो । नेकपा एमाले पार्टीलाई ध्वंश पार्ने उद्देश्यले पार्टी फुटाउन खोजेको उहाँले आरोप लगाउनु भयो । प्रदेश कमिटि अध्यक्ष बोगटिका अनुसार नेपाली जनताले चिनेको र जनताको पक्षमा काम गरेको पार्टीलाई जनताले छोड्न नसक्ने बताउनु भयो । सूर्य चिन्हलाई नेपाली जनताले चिनेका छन् उहाँले भन्नुभयो सजिलै छोड्न सक्ने अवस्था छैन् । वर्तमान सरकार अपवित्र गठबन्धनबाट निर्माण भएको भन्दै उहाँले ढेड महिना भइ सक्दा पनि मन्त्रिमण्डल गठन नभएको बातउनु भयो । अदालतको परमादेशबाट बनेको सरकारले नेपाली जनताको पक्षमा काम गर्न नसक्ने बोगटिको भनाइ छ ।
नेकपा एमालेलाई विभाजन गर्नको लागि सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यायदेशको उहाँले भत्र्सना गर्नु भयो । उहाँले भन्नुभयो, त्यहि अध्यायदेश केपी शर्माले ओलीले ल्याउदा गलत भयो भन्नेहरुले रातारात संसद अधिवेशन अन्त्य गरी २० प्रतिशत भएमा दल विभाजन गर्न मिल्ने अध्यायदेश लोकतन्त्र विरोधि भएको बताउनु भयो ।
नेकपा एमाले पार्टीबाट निर्वाचन जितेका सांसदलाई ह्वीप नलाग्ने गरि अदालतले गरेको निर्णय पूर्वाग्राहि भएको बोगिटको भनाइ छ । उहाँले नेकपा एमालेबाट कोहि व्यक्ति र समूह चोइटिएर जाँदैमा पार्टीको बिचार, सिद्धान्त, मूल्य मान्यता, रणनीति र जनताको भरोसा नमर्ने बताउनु भयो । कर्णाली प्रदेश भरी नेकपा एमाले अग्रस्थानमा रहेको भन्दै उहाँले पार्टीका जनवर्गिय संघठन र पार्टीका गतिविधिलाई जनताका बिचमा लिन कार्यकर्तालाई निर्देशन दिनु भएको छ।
नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा पूर्वराज्यमन्त्री बलहादुर महतले माधव समूहका व्यक्तिले जुम्लामा अफवाह फैलाएको बताउनु भयो । एमाले भित्र मिलेर बस्न नसघि घरमा आगो लगाएर जानेहरु जनताबाट पतासाप हुने उहाँले बताउनु भयो ।
नेकपा एमाले जुम्लाको ६१ सदस्यीय जिल्ला कमिटिमा २० जना नेकपा एमालेमै रहेको उहाँले दावि गर्नुभयो । ६१ जना मध्ये ५८ जना समाजवादिमा भन्ने समाचार भ्रमपूर्ण रहेको महतले बताउनु भयो । नेकपा एमालेको बिचार परित्याग गर्ने व्यक्तिलाई जनताले चुनावका बेला धुलो चटाउने महतको भनाइ छ । नेकपा एमाले बाँहेक मुलुकमा अरु पार्टीको विकल्प नभएको भन्दै उहाँले जनताको बहुदलिय जनवादमा टेकेर देश र जनताको पक्षमा काम गर्ने बताउन भयो । विदेशि प्रतिक्रियावादि शक्तिको पछि लागेर पार्टी चोइटाउने तत्वलाई जनताले नाङ्गेझार बनाउने महतको भनाइ छ । जुम्लामा नेकपा एमाले सकियो भनेर खुसी मनाइ रहेकाहरुलाई प्रश्न गर्दै महतले बजारमा उर्लिएको जनसागरलाई हेर्न आग्रह गर्नु भयो । जनताको भरोसा नेकपा एमाले प्रति रहेको भन्दै महतले जनप्रतिनिधिलाई धम्काउने, डर देखाउने र शिक्षक बनाइ दिन्छु भनेर प्रलोभन देखाउने काम बन्द गर्न चेतवानी दिनुभयो । नेपाली जनताले धेरै जानी र बुझी सकेको बताउँदै उहाँले भन्नुभयो समाजवादको खोक्रो आर्दश बोकेर जनताको घरमा किन लम्पसार पर्नु भएको छ । नेकपा एमाले प्रदेश कमिटि सदस्य मेनका पछाईले केहि समूहले पार्टी परित्याग गर्दैमा नेपाली जनताको आशा र भरोसाको केन्द्र नढल्ने बताउनु भयो । सूर्य चिन्ह जनताको मनमा बसेको भन्दै उहाँले पार्टी फुटेको नभइ लोकतन्त्रलाई कमजोर पार्न खोजिएको आरोप लगाउनु भयो । माधव नेपाल पदलोभि र बिचारको राजनीतिकमा अडिग नभएकाले प्रतिक्रियावादिको शरणमा पर्न गएको उहाँले आरोप लगाउनु भयो ।
नेकपा एमाले चोइटिएको हुनाले आम कार्यकर्तालाई पार्टी सुदृढ र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन उहाँले आग्रह गर्नु भएको छ । नेपालमा रहेको प्रतिक्रियावादि शक्तिले नेकपा एमालेको आन्दोलनलाई कमजोर पार्ने खेल रचेको पछाईको भनाइ छ । नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले पदलोभि र नेकपा एमाले सिध्याउने खेलमा आवद्ध माधव नेपालले राजनीतिमा ठुलै धोका खाने बताउनु भयो । जनता र जनप्रनिधिलिाई माधव पक्षका व्यक्तिले घरदैलो कार्यक्रम मार्फत जालझेल गरी भ्रममा पार्न खोजेको भन्दै उहाँले आम कार्यकर्तालाई सचेत र सजग रहन आग्रह गर्नु भएको छ । जुम्लाका ८ वटा स्थानीय तहका ६० वटा वडामध्ये नेकपा एमालेले १७ स्थानमा विजयी भएको भन्दै उहाँले त्यस मध्ये ९ वटा वडाध्यक्षहरु एमालेसँग रहेको दावि गर्नु भयो । जुम्लाको एक मात्रै स्थानीय तह तिलामा नेकपा एमाले विजयी भएको भन्दै महतले अध्यक्ष रतननाथ योगि एमालेमै रहेको जानकारी भयो ।
समाजवादि पार्टीका व्यक्तिले कार्यकर्ता र जनप्रनिधिलाई भ्रम देखाएर धम्काउने कार्य गरेको भन्दै महतले अपराधिक चरित्र बोकेकाहरुले मात्रै गलत हर्कद गर्न सक्ने बताउनु भयो । जुम्लामा नेकपा एमाले जिल्ला कमिटिका सबै समाजवादिमा रहेको भनि गलत समाचार प्रकाशन गर्न लगाउनेहरुलाई इंकित गर्दै उहाँले जनसागरलाई हेर्न आग्रह गर्नु भएको छ । आँखामा कालो पट्टि बाँधेर सबै आफ्नै हुन भन्ने भ्रममा नपर्न पनि उहाँले समाजवादिका व्यक्तिलाई अनुरोध गर्नु भएको छ । जुम्लाका अधिकांश भन्दा बढी जनप्रतिनिधि एमालेको पक्षमा रहेको भन्दै अध्यक्ष महतले जनताको बिचमा साक्षत्कार गर्ने हिक्मत राख्न समाजवादिका व्यक्तिलाई चुनौति दिनु भएको छ । नेकपा एमालेका जुजारु नेता तथा गुठीचौर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेमवहादुर बुढाले आफ्नो चरित्र हत्या गरिएको प्रति आपत्ति जनाउनु भएको छ ।
जुम्लामा उर्लिएको एमालेको जनसागर