हुम्लामा पाँच जना जनप्रतिनिधीले त्यागे एमाले, एसमा सनाखत

दाने बोहरा सोमबार, भाद्र २१, २०७८

सिमकोट । हुम्लामा स्थानीय तहका पाँच जना जनप्रतिनिधीले नेकपा एमाले परित्याग गरी एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित पाँच जना जनप्रतिनिधिहरुले दल त्यागमा सनाखत गरेका छन् । जिल्लाका जिल्ला समन्वय समिति एक जना र गाउँपालिकाको कार्यपालिका सदस्य सहित वडामा निर्बाचित पाँच जनाले नेकपा एमाले दल त्यागमा सनाखत गरेका हुन ।

जिल्ला निर्वाचन अधिकारी ओम प्रकाश महत्तोले नेकपा एमालेबाट बिजयी पाँच जना सदस्यहरुले दल त्यागमा सनाखत गरेको बताउनुभयो । दल त्यागमा सनाखत गरेसंगै उनीहरु सबैले नेकपा एमालेको दल त्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीमा समाहित भएको घोषणा गरेका छन् ।

जिल्ला समन्वय समितिका सदस्य अजबिर शाहीले आफुले उक्त पद नेकपा एमाले त्यागेर जिल्ला निर्बाचन कार्यालयमा गई दल त्यागमा सनाखत गरेको बताउनुभयो ।

उहाँले एमाले दल त्यागेर नेकपा एकिकृत समाजबादीमा आजैबाट समाहित भएको जानकार दिनुभयो । उहाँ लगाएत अदानचुली गाउँपालिकाको कार्यपालिकाका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य, गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले दल त्यागमा सनाखत गरेका हुन ।
यसरी जनप्रतिनिधिहरुले दल त्यागमा सनाखत गर्ने पाँचै जना जनप्रतिनिधिहरु पहिलो भएका छन् ।

अदानचुली गाउँपालिकाको कार्यपालिका १४ सदस्यीय भएकोमा एमालेका ११ जनामा दश जनामा सिमित हुन पुगेको छ । यद्यपि उक्त गाउँपालिकाको कार्यपालिकामा एमाले भने बहुमतमै रहने छ । पार्टी बिभाजनपछि पहिलो पटक हुम्ला आई पुग्नु भएका युवासंघका सचिव हस्त बहादुर शाही, एमाले सचिव तीर्थराज रोकाया र प्रदेश कमिटि सदस्य शिवराज शर्मा लगायत उपस्थिती भई कार्यालयमा गएर पाँचै जनाले दल त्यागका दस्तखत गरेका हुन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]