प्रतिघण्टा तेह्र हजार तिरेर सडक मर्मत

दाने बोहरा बिहिबार, भाद्र २४, २०७८

सिमकोट । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध भएको सडक प्रतिघण्टा तेह्र हजार रुपैयां लितेर मर्मत गरीरहेको छ ।

तीन महिनादेखि भत्किएर बन्द रहेको सडक गाउँपालिकाले प्रतिघण्टा तेह्र हजारमा मर्मत कार्य सुरु गरेको छ ।

सिमकोट गाउँपालिकाले वडा १ दोजाम , २ ठेहे र ३ बरगाउँको बाटो भत्केको आठ महिना विति सक्दा समेत कसैको ध्यान नगएपछि तीन महिनासम्म सडक अवरुद्ध बनेको हो । सडक भत्केर अवरुद्ध भएपछि स्थानीय लगायत अन्य बटुवालाई आवत जावतमा निकै समस्या भएको छ ।

अविरल वर्षाका कारण विभिन्न ठाउँमा भत्किएको सडक गाउँपालिका आफैले प्रतिघण्टाको तेह्र हजार रुपैँया तिरेर मर्मत गरीरहेको निमीत्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो ।

२०७८ सालको असारको महिना देखि भत्केको सडक मर्मत कार्यका लागि कोही कसैलाई ध्यान नदिनु र मर्मतका लागी झन विवाद हुने भएको कारण पालिका आफैले केही दिन देखि महगो मूल्य तिरेर मर्मत भइरहेका निमित्त प्रमुख प्रशासकिय अधिकृत रोकायाले बताउनुभयो ।

यतिखेर सिमकोट देखि वडा ४ बुराउँसेबाट, वडा ३ लाङदु, बरगाउँ हुँदै वडा २ ठेहे सम्मको सडक मर्मतको कार्य गाउँपालिकाले मेशिन परिचालन गरेर मर्मत गरिरहेको वडा ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामा (मुस्कान) बताउनुभयो ।

जिल्लाको सिमकोट गाउँपालिका पर्यटकका लागी रलिङ् गुम्वा अति उत्तम ठाउँ भएका कारण सो ठाउँमा घुम्नकै लागि भए पनि जिल्ला बाहिरबाट आएका पर्यटकहरू घुम्न जाने गरेका छन ।

रलिङ् गुम्वा जाने मुख्य बाटो भत्कदा पर्यटकलाई आवत जावतमा निक्कै सास्ती भएको छ ।

सिमकोट गाउपालिकाको १ दोजाम सम्मा सडक निमार्ण गरि सके पछि मात्र इस्काभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्वा जाने सडक निमार्ण गरीने भएको हो ।

सडकको मर्मतको जिम्मेवारी गाउँपालिका आफैले गर्नु परेको र प्रतिघण्टाको तेह्र हजारका दरले व्यक्तिको निजी इस्काभेटर बाट मर्मत भईरहेको छ ।

सडक मर्मत कार्य सम्पन्न भएपछि प्रतिघण्टाको तेह्र हजारको दरले एकमुष्ठ भुक्तानि हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत रोकायाको भनाई छ ।

करिडोरको सिमकोट–खार्पु सडक खण्ड अवरुद्ध

कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अवरुद्ध भएको छ । चारदिन भन्दा बढी लगातार वर्षा भईरहँदा सडकमा स्याम्ने खोलामा बाढी पसेपछि एक हप्तादेखि उक्त सडक खण्ड अवरुद्ध हुँदै आएको छ ।

वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सीधै कच्ची सडकमा पस्नुका साथै खोलामा रहेको सडक बाढीले अवरुद्ध बनाएको स्याम्ने गाउँका दख्खल महतले बताउनुभयो ।

खोला सडक भएर बगेको छ । सडकका धेरै ठाउँमा चिरा परेको छ । खोलाको पानीले करिब तीन सय मिटर सडक बगाएको स्थानीय महतले बताउनुभयो । बाढीले सडक अवरुद्ध बनाउँदा यस क्षेत्रमा आवतजावत गर्ने नागरीकलाई थप समस्या बनाएको छ ।

खोलाको पानीले सडकमा क्षति पुगेकाले एक हप्तादेखि सडक अवरुद्ध भएको छ । चिरा परेको सडकमा यातायात सञ्चालन गर्न सम्भव नभएको गाडी मालिक चीन रावतले जानकारी दिनुभयो ।

सडक क्षतिग्रस्त हुँदा पनि मर्मत गर्न सरोकारवाला निकाय मौन रहेको उहाँले बताउनुभयो ।

क्षतिग्रस्त सडक सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनामध्ये कसले मर्मत गर्ने भन्ने अन्योल रहेको स्थानीयले बताउने गरेका छन् । सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदल हिँड्न बाध्य हुँदै आएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]