हुम्लामा हप्ता दिनसम्मका लागी विद्युत आपूर्ति बन्द भयो

नेपालचेक समाचारदाता बिहिबार, भाद्र २४, २०७८

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट सहित दुईवटा गाउँपालिकालाई विद्युत सेवा दिदै आएको नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरणले आज विहिबार देखि एक हप्तासम्मका लागी विद्युत आपूर्ति बन्द गरेको छ ।

विभिन्न समयमा विभिन्न बाहनामा बनाउँदै पटक पटक सेवा ग्राहिलाई अध्यारोमा बस्नु पर्ने बाध्यता बनाउँदै विद्युत प्राधिकरणको सेवाबाट यहाँका सेवाग्राहीले सास्ति खेपि रहनुपरेको छ ।

मर्मतका लागी वर्षेनी करोडौंको रकम खर्च गरेको भएपनि विद्युत सेवा स्थायीत्व हुन नसक्दा सिमकोटबासी, र खार्पुनाथ गाउँपालिकाका साथै सिमकोट गाउँपालिकाका सेवाग्राहीले सास्ति खेप्दै आउनुपरेको छ ।

यहाँका सेवाग्राहीले फेरी अध्याँरोमा बस्न बाध्य हुनुका साथै पुरानो सल्लाहको दियालोको भरमा रात बटाउनु पर्ने अवस्था आएको छ ।

केही दिन अगाडि पहिरोले बगाएको ओभरफ्लो पाइपको मर्मत गर्नका लागि विद्युत आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरणका प्रमुख साजन ऐडिले जानकारी दिए ।

पहिरोले बगाएको नहर नजिकको ओभर फ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नु पर्ने भएपछि सम्पूर्ण विद्युत आपूर्ति बन्द गरिएको केन्द्रका प्रमुख ऐडीले बताए ।

नहरमा पानी सुचारु गरेर विद्युत आपूर्ति गर्दा नहर पनि पहिरोमा जाने जोखिम भएपछि विद्युत आपूति बन्द गर्नु बाहेक अन्य विकल्प नदेखिएकाले मर्मत हुँदा सम्मका लागी विद्युत सेवा बन्द गरीएको उनले बताए ।

साढे दुई सय किलोवाट विद्युत उत्पादन गर्दै आएको हिल्दुम साना जलविद्युत आयोजनाले ओभर फ्लो पहिरोले लगेपछि अस्थायी रुपमा काम चलाउने गरेर एक सय किलोवाट विद्युत उत्पादन गरेर आपूर्ति गर्दै आएको थियो ।

विद्युत सेवा बन्द हुँदा केन्द्रका दुई हजार तीन सय ग्राहक मर्कामा परेका छन् । यसबाट बढी बैंक तथा वित्तीय संस्थाका साथै सरकारी तथा गैरसरकारी कार्यालय र विद्युतीय सेवाबाट काम गर्ने निकाय बढी प्रभावित भएका छन् ।

साथै सिमकोटमा रहेको नेपाल टेलिकम हुम्लाले बुधबार रातिबाट हुम्लामा विद्युत सेवा बन्द हुँदा जेनेटरकाट काम चलाउँदै आएको निमित्त कार्यालय प्रमुख राम बहादुर बोहराले बताए । विद्युत आपूर्ति बन्द हुँदा नेपाल टेलिकमलाई समेत ठूलो क्षेति पुगेको निमीत्त प्रमुख बोहराले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]