सिमकोट । पृथ्वीनारायण शाहको राष्ट्रभक्ति पथमा हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीले विहिबार साँझ हुम्लाको सदरमुकाम सिमकोटमा एमसीसीको विरोधमा मसाल जुलुश निकालेको छ ।
जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व पाएकै दिन राप्रपा हुम्लाले सरकारले संसदबाट अनुमोदन गर्न लागेको एमसीसीविरुद्ध मशाल जुलुस निकालेको हो । एमसीसी राष्ट्रहित बिरुद्ध भएको निष्कर्ष निकाल्दै राप्रपाले मशाल जुलुस निकालेर बिरोध जनाएको हो ।
एमसीसी राज्य हितमा नदेखिएको कारण बिरोध स्वरुप मशाल जुलुस निकालिएको राप्राप हुम्लाका नवनिर्बाचित अध्यक्ष बिकास महतले बताउनुभयो । एमसीसी खारेज गर, हिन्दु राज्य जिन्दावाद, राजतन्त्र जिन्दावाद, राज्य बेच्न पाईदैन लगाएतका नारा जुलुशले लगाएको थियो ।
अध्यक्ष महतको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । जुलुसले सिमकोट बजारको परिक्रमा गरेको थियो । पानी परेको कारण जुलुसलाई मसाल सल्काउन समस्या भएको थियो । केही समय मात्रै मशाल बालेपनि निभेको थियो ।