नौ जना बालबालिकाको उद्धार

जयराज सन्ज्याल सोमबार, आषाढ २१, २०७८

हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोवनमा पारेर काठमाण्डौमा लिइएका जिल्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ जना बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुर्नमिलन गरीएको छ ।

लामो समय देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नविन समाजले आज प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोवहरमा एक बालिका र ८ जना बालक गरी नौ जना बालबालिकालाई परिवारसँग पुर्नमिलन गरेको छ ।

गत वर्षको फागुन १९ गते काठमाण्डौको तारकेश्वर नगपालिका वडा नम्बर ६ मा रहेको धर्मस्थलीस्थितमा लिएर आवासिय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ विपरीत सञ्चालन रहेको हुँदा “लाइट फर नेशनल बालगृहबाट” राष्ट्रिय बाल अधिकार परिषद, तारकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले ८ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा अदनचुली गाउँपालिकाका आठ जना र खार्पुनाथ गाउँपालिकाको एक जना गरेर नौ जना बालबालिकाको उद्धार गरी हिमाली नविन समाज संस्थाले परिवारसँग पुर्नमिलन गरेको हो ।

पछिल्लो समय बालबालिकाहरुलाई निशुल्क पढ्न लेख्न र बस्न दिने प्रलोभन देखाइ बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरेको देखिएको छ । आफना २ वटा बच्चा लाई कक्षा १२ सम्मा पढाई दिन्छु भनेर आफुबाट रु १ लाखा नगद लिएको अदनचुलीका वडा ६ निवासी लाल बहादुर शाहीले गुनासो पोख्नुभयो ।

उद्धार गरी परिवारसँग पुर्नमिलन भएका बालबालिका र अभिभावकहरु

हुम्लाको विभिन्न गाउँबाट बर्षेनी धेरै बालबालिकाहरु निशुल्क गुणस्तरीय शिक्षाको बाहनामा बालगृहमा ओसारपसार हुने गरेको खुलासा गरेको छ । बालबालिका र उनीहरुको अभिभावकहरुलाई अनाबश्यक प्रलोभन देखाई बालबालिकाहरुलाई अवैध ढंगले अभिभावक भएका बालबालिकाहरुलाई पनि बालगृहमा भर्ना गर्ने प्रचलन बढेकोले सम्वन्धित निकायले यस सम्वन्धमा चासो दिनुपर्ने हिमाली नवीन संस्थाका प्रतिनिधी प्रभुजन शाहीले बताए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आर्चायाले उद्धार गरेका बालबालिका लाई ५ हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । हिमाली नविन समाज हुम्लाले पनि प्रत्येक बालबालिकालाई झोला एक झोला सहित कापी कलम सहयोग गरेको छ ।

स्थानीय निकाया संचालन भयसंगै बालगृहमा पढाई दिने आशामा पछिल्लो समयमा सिफारिस बढे बालगृहले गाउँमा एजेण्ट खटाएर अभिभावकहरुसंग उल्टो रकम लिएर किर्ते कागजात तयार पारी वालवालिकालाई वालगृहमा लैजाने गरेका छन ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]