सिमकोट । २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएर सात वर्षसम्म आइपुग्दा विचमै तुहाउन खोजिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारीले बताए ।
संविधानलाई व्यवहारमा कार्यान्वय आउन नदिएर गर्भमै तुहाउने खेलहरु भएपनि यसको रक्षाका निम्ती आफुहरु रहेको र संविधानले समृद्ध नेपालको परिकल्पाना गरेको नेकपा माओवादीका केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भण्डारीले बताए ।
भण्डारीले भने, “यो संविधानले जुन किसिमको परिकल्पना गरेको छ, सार्वभौम सत्ता जनतामा निहित रहने व्यवस्था गरेको छ” , त्यसै परिकल्पना अनुसार नेपालको संविधान समाजवाद उन्मुख हुनेछ भण्डारीले भने ।”
नेपालमा दक्ष जनशक्ति उत्त्पादन हुने र सरकार सञ्चालनको हिसावले पनि सवल र सक्षम सरकार स्थायी सरकार बन्ने अपेक्षा रहेको उनले बताए ।
साथै सशक्त नागरीक समाजको रुपमा निर्माण भएको संविधानले जुन किसिमको परिकल्पना गरेको छ, समृद्ध नेपालको परिकल्पना गरेको छ यसमा अवश्य पनि व्यवहारीक रुपमा केही कमी कम्जोरी रहेको बताए ।
हुम्लाको सिमकोटमा सातौं संविधान दिवस मनाउने क्रममा निकै मेहनत र बलिदानबाट प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयन गर्न आम नेपालीको आजको आवश्यकता रहेर्को केन्द्रिय सदस्य भण्डारीले बताए ।
नेपाली जनताको अधिकार माथि बेला बेलामा कुठाराघात हुँदै आएको भएको पनि अहिले विभिन्न आरोह अवरोहका साथै संघर्ष गरेर नेपालको संविधान उत्कृष्ट रहेको जनाए । नेपाली जनाताले निर्वाचीत गरेका जनप्रतिनिधिद्धारा लिखित संविधान उत्कृष्ट निर्माण गरेका छन तर कार्यशैली व्यवस्थागतमा कम्जोरी रहेको उनको भनाई छ ।
संविधानमा लेखिएका दस्तावेज उत्कृष्ठ भएपनि व्यवहार नित्कृष्ठरुपमा देखापर्ने गरेको भण्डारीले बताए ।