काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा चर्को आलोचक एमालेका उपाध्यक्ष भीम रावल बालुवाटार पुगेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको अघिल्लो साँझ रावल बालुवाटार पुगेको स्रोतले बताएको छ ।
एमाले विवाद चरम उत्कर्षमा पुगिरहेका बेला दोस्रो वरियताका नेताहरु पार्टी एकताका लागि प्रयासरत छन् ।
आइतबार बिहान मात्र संस्थापन पक्षका नेताहरु पार्टीमा आउन आग्रह गर्दै वरिष्ठ नेता नेपाललाई भेटेका थिए ।