आजदेखि सोह्रश्राद्ध प्रारम्भ

नेपालचेक समाचारदाता मंगलबार, आश्विन ०५, २०७८

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादसैँको नजिकिँदै गर्दा सोह्रश्राद्ध आजबाट सुरु भएको छ । पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध प्रारम्भ भएको हो ।

भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिन्छ । यस अवधिमा गरिने पितृ कार्य अति पवित्र पनि मानिन्छ ।

पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको जनाएको छ । ती ब्राम्हणहरुलाई कोरोना सङ्क्रमणबाट जोगित स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न गराउन पनि कोषले निर्देशन दिएको छ ।

प्रत्येक महिनाको औँसी पितृ पक्ष भए पनि यो असोज महिनाको सोह्रश्राद्धको अधिक महत्व रहेका शास्त्रीय मान्यता छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]