चाडपर्व लक्षित गरी प्रतिकेजी पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गरिँदै

दाने बोहरा बिहिबार, आश्विन ०७, २०७८

सिमकोट । हुम्लामा चाडपर्व लक्षित गरेर खाद्यान्न प्रति केजी पाँच रुपैयाँ छुटमा बिक्री गरीने भएको छ । नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरु दसैं, तिहार लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न छुटमा बिक्री गर्ने भएको हो । जिल्लामा पहिलो पटक यसपालीको दसैं तिहारको अवसरमा छुटमा खाद्यान्न बिक्री गर्न लागिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए ।

केन्द्रबाट दुई हजार तीन सय क्वीन्टल खाद्यान्नमा छुट दिने परिपत्र अनुसार असोज १४ गते प्रतिक्वीन्टल पाँच सय रुपियाँ छुटमा बिक्री गर्न लागिएको जानकारी दिए । हुम्लामा २५ र ३० केजी बोराका चामल वितरण गरीदैँ आएको छ । यसले गर्दा सेवाग्राहीले २५ केजीबाट एक सय पच्चीस र ३० केजीबाट एक सय पचास रुपैयाँ छुट पाउने भएका छन् भने एक क्वीन्टल खाद्यान्न गरीद गर्दा पाँच सय रुपैयाँ छुट पाउने भएको लिमिटेड शाखाका प्रमुख अधिकारीले बताए ।

जिल्लामा अन्य डिपो तथा बिक्री केन्द्रहरुमा भने स्थायी कर्मचारी नभएको कारण छुटको खाद्यान्न बिक्री नगरिने भएको छ । ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जनाएको छ । हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी आठ वटा डिपो र बिक्री केन्द्र रहेका छन् । सदरमुकाम सिमकोटमै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयबाट मात्रै छुट बिक्री गरीने भएको उनले बताए ।

हरेक वर्ष दसैं तिहारजस्ता चाडवाडमा लिमिटेडबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्न निर्देशन आउने गरेको भएपनि यसअघि कहिल्यै पनि उक्त खाद्यान्न बाँड्ने गरिएको थिएन । राज्यबाट जनताले पाउने सेवा, सुबिधा र छुटको व्यवस्थालाई खाद्य व्यवस्था समितिले निर्णय गरेरै कार्यान्वयन गर्न लागेको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]