सिमकोट । जनता समाजवादी पार्टी हुम्लाद्धारा आज जिल्ला सदरमुकाम सिमकोटमा ‘सुज’ अभियान कार्यक्रम सञ्चालन गरेको छ । समाजवादी पार्टीले आजबाट चार महिना सम्म नियमित रुपमा ‘सुज’ कार्यक्रम सञ्चालन गर्ने उदेश्यका साथ यो अभियान थालेको छ ।
पछिल्लो समय देशमा राजनितिक अस्थिरता निक्कै उथल पुथल भएको र सरकार पनि दिगो नटिक्ने भएपछि जनता समाज पार्टीको केन्द्रिय निर्देशन बमोजीम जिल्ला कमिटी हुम्लाद्धारा उक्त कार्यक्रम सञ्चालन गरिएको समाजवार्दी पार्टीका जिल्ला सचिव भैरव बहादुर शाहीले बताए ।
अभियान कार्यक्रममा जिल्ला पार्टी कमिटीले प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रणालीको व्यवस्था गर्नु पर्ने र पुर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्थापन गर्नु पर्ने माग राख्दै उक्त पार्टी मैदानमा उत्रिएको जिल्ला अध्यक्ष धर्मराज बोहराले बताए ।
सिमकोटमा रहेको जनता समाजवादी पार्टी कार्यालयबाट बजार परिक्रमा गरी तल्लो बजारमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा कोण सभामा परिणत भएको बोहराले जानकारी दिए ।
समाजवादि पार्टीका जिल्ला अध्यक्ष धर्मराज बोहराको अध्यक्षतामा र केन्द्रिय सदस्य विर्जन शाहीको प्रमुख आतिथ्यमा उक्त अभियान कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यस्तै जनता समाजवादी पार्टीले नियमित रुपमा गाउँ तथा टोलहरुमा पनि अभियान्ता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
उक्त ‘सुज’ अभियान कार्यक्रमको संयोजकमा विर्जन शाहीलाई छनोट गरिएको छ भने अन्य सोही पार्टीका नेताहरुलाई पनि अभियान्तालाई सहयोग गर्ने भएको बताइएको छ ।