काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनी बिहीबार काठमाडौं आइपुगेका हुन् ।
ईपीएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । यसअघि शाहिद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको बताएका थिए ।
४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् ।
क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गरेको छ । इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा खेलाइने कार्यतालिका छ ।