सिमकोट । हप्ता दिन अगाडी मात्रै मर्मत गरीएको विद्युत सेवा हुम्लामा पुनः अवरुद्ध बनेको छ । नहरमा रहेको क्यानल भाँचिदा विहिबार विहान देखि आपूर्ति बन्द हुँदा दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आएका छन् ।
विहान देखि विद्युत आपूर्ति बन्द हुँदा जिल्ला सदरमुकाम सिमकोटमा रहेका इलोक्ट्रोनी पसल व्यवसायिहरुलाई आज दिनभर काम गर्न समस्या बनाएको छ ।
नहरमा रहेको मुनि पट्टीको भाग पहिरोले लिँदा सिमेन्ट जडान गरीएको तल माथि दुबै भागको स्थानमा रहेको क्यानल भाँचिदा विद्युत सेवा अवरुद्ध भएको हेल्दुङ वितरण केन्द्र नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ ।
सिमकोटमा विहिबार राती देखि विद्युत सेवा अवरुद्ध भएको भएपनि आज विहान मात्रै क्यान भाँचिएको थाहा भएको थियो । आज मात्रै नहरको भाग पहिरोले लिएपछि क्यानल भाँचिएको थाहा भएपछि भोलीबाट मर्मत कार्य गरीने भएको छ ।
एक्कासी पावर हाउस नजिक रहेको पानी आपूर्ति गर्ने नहरको क्यानल भाँचिएपछि विद्युत सेवा अवरुद्ध भएको आयोजनाले जनाएको हो । क्यानल भाँचिएपछि मर्मत गर्नका समय लाग्ने भएको छ । विद्युत सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो ।
विद्युत सेवा बन्द हुँदा केन्द्रका दुई हजार तीन सय ग्राहक मर्कामा परेका छन् । आज दिनभर यसबाट बैंक, सरकारी तथा गैरसरकारी कार्यालय र विद्युतीय सेवाबाट काम गर्ने निकाय बढी प्रभावित भएका छन् ।