सिमकोट । सात वटा गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसका गाउँपालिका स्तरका अधिवेशन सुरु गरेको छ । आज विहानबाट अहिले सम्म चारवटा गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरीएको जानकारी प्राप्त भएको छ ।
सिमकोट, नाम्खा, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा पालिका सभापति चयन भएको नेपाली कांग्रेस हुम्लाले जानकारी दिएको छ । ताँजाकोट कृष्ण मल्ल, खार्पुनाथ टक्क शाही, सिमकोट धर्मराज रोकाया, र नाम्खामा सुनाम बहादुर लामा पालिका सभापतिमा सर्वसम्मत चयन गरीएको बताइएको छ ।
यस्तै अदानचुली गाउँपालिकामा सर्वसहमतिबाट नेतृत्व छनोट गरिने भएको भएपनि अहिले फोन सम्पर्क हुन नसकेको बताइएको छ । यसै गरी चंखेली र सर्केगाड गाउँपालिका पालिका अधिवेशन शुरु नभएको बताइएको छ । गाउँपालिकामा रहेका वडाहरुको आधारमा २३ देखि ४५ जनासम्म अधिवेशनबाट नेतृत्व चयन गरेर निर्वाचीत गरीएको जानकारी प्राप्त भएको छ ।
पार्टी कार्यालय बिपी स्मृति भवनमा कांग्रेस केन्द्रीय सदस्य जीनवबहादुर शाहीको प्रमुख आतिथ्यमा सिमकोट गाउँपालिकाको अधिवेशन सुरु भएको थियो भने धर्मराज रोकायालाई सर्वसहमतिबाट निर्वाचीत गरिएको जानकारी प्राप्त भएको छ ।