हुम्लाका ७ मध्ये ६ स्थानीय तहमा काँग्रेस अधिवेशन सम्पन्न

नेपालचेक समाचारदाता सोमबार, आश्विन ११, २०७८

सिमकोट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुम्लाका ७ वटा स्थानीय तह मध्येमा आइतबार सम्म ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ ।

सिमकोट, खार्पुनाथ,नाम्खा, चंखेली, ताँजाकोट, र अदानचुली गाउँपालिकामा सर्वसहमितका आधारमा गाउँपालिका अधिवेश सम्पन्न भएको छ भने सर्केगाडमा अझै सहमति हुन नसकेको बताइएको छ ।

अधिवेशनबाट नाम्खा गाउँपालिकामा सुनमबहादुर लामा, सिमकोट गाउँपालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँपालिकामा टक्कबहादुर शाही, अदानचुली गाउँपालिकामा विष्णुबहादुर भण्डारी , ताँजाकोट गाउँपालिकामा कृष्णबहादुर मल्ल र चंखेली गाउँपालिकामा नर भण्डारीको नेतृत्वमा सर्वसहमत चयन भएका छन् ।

नेपाली काँग्रेसले हुम्लाका ७ स्थानीय तहमध्ये ६ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको हो । नेतृत्व चयनका क्रममा ६ वटै पालिकामा सहमतिमा चयन भएको छ भने १ वटा सर्केगाड गाउँ पालिकामा नेतृत्व चयन हुन सकेको छैन । शनिवार ४ वटा गाउँ अधिवेसन सम्पन्न भएको हो भने आइतबार २ वटा अदानचुली र चंखेली गाउँपालिकामा गाउँ सभा सम्पन्न भएको हो ।

गाउँ अधिवेसन हुन नसकेको सर्केगाड गाउँपालिकामा नेतृत्व चयनका लागी सहमती जुटाउने कार्य भइ रहेको छ ।

छ वटामा देउवा निकट एलौटी

वटा गाउँपालिकामा नेतृत्व चयन भएका सबै शेर बहादुर देउवा निकटका पदाधीकारी रहेको बताइएको छ । यस्तै सर्केगाड गाउँपालिकामा अहिले विहान सात बजेबाट भोटिङ हुने भएको छ । संस्थापन र इतर पक्ष सहमतिमा आउन नसक्दा भोट गर्नु पर्ने अवस्था आएको जानकारी प्राप्त भएको छ । सर्केगाडमा रामचन्द्र पौडेल पक्षा बलियो रहेको छ । अन्य ६ वटा गाउँपालिकामा पालिका सभापतिमा शेर बहादुर देउवा निकटले एकलौटी नेतृत्व चयन गरेको हो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]