यस्तो देखियो हुम्लामा एकिकृत समाजवादी पार्टी (तस्विर सहित)

दाने बोहरा सोमबार, आश्विन ११, २०७८

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हुम्लाले सोमबार विहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको छ ।

नेकपा एमालेबाट विभाजितपछि निर्माण भएको एस पार्टीले हुम्लामा कर्णाली प्रदेशका इन्चार्ज तथा पार्टी उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आथित्यमा र प्रदेश सरकारका भौतिक पूर्वधार विकास मन्त्री अमर बहादुर थापाको विषेश आथित्यमा पार्टी कार्यालय उद्घाटन कार्य सम्पन्न भएको छ ।

पार्टी कार्यालय उद्घाटन गर्दै प्रदेश इन्चार्ज तथा पार्टी उपमहासचिव प्रकाश ज्वालाले नेकपा एमाले अध्यक्ष केपी ओलीका कारण पार्टी फुटेको बताए । एमाले र माओवादीको कम्युनिष्ठ गठबन्ध नसकेका ओलीले एमाले पनि फुटाएको इन्चार्ज ज्वालाले आरोप समेत लगाएका थिए ।व्यत्तिवाद,अंहकार तथा विधि पद्दति विपरित काम गर्ने विरुद्द डटेर सामाना गर्न नेपाली राजनीतिमा विद्रोहका रुपमा स्थापित हुन समाजवादी पार्टी निर्माण भएको ज्वालाले बताए ।

पार्टी भित्र अध्यक्ष केपी ओलील सधैं किचलो, सधैं अन्याय र अत्याचार गरेको हुनाले त्यो सहेर बस्न नसकिने भन्दै एमालेभित्र ओलीको अत्याचार बढेपछि विद्रोहका रुपमा एमालेभित्रै वैकल्पिक शक्तिका रुपमा एकीकृत समाजवादीको उदय भएको इन्चार्ज ज्वालाले बताए ।

आफुहरु ओलीका विरुद्ध बैकल्पिक शक्तिका रुपमा अगाडी बढ्ने बताए । पार्टीलाई सहि ट्याक र सहि मार्ग निदेर्शन गर्नका लागी बैकल्पिक शक्ति समाजवादी रहेको उनले बताए ।

आज दिउँसो जिल्ला समन्वय समितीको सभाहमा एमालेबाट विभाजित भए पश्चात पहिलो पटक जिल्ला भेला हुने भएको जिल्ला पार्टी सचिव कमल छत्यालले जानकारी दिए । यस्तै पार्टी कार्यालय उद्घाटन पश्चात, जिल्ला पार्टीका अध्यक्ष,उपाध्यक्ष,सचिव र सहसचिवलाई टसि खादक लगाएर जिम्मेवारी तोकिएको छ ।

तस्विर : दाने बोहरा

 

 

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]