हुम्लामा समानान्तर कमिटी गठन गरेर कांग्रेस विभाजनको बाटोमा

नेपालचेक समाचारदाता शनिबार, आश्विन १६, २०७८

सिमकोट । दुईवटा निर्वाचन क्षेत्र रहेको हुम्लामा निर्वाचन क्षेत्र नम्बर (क) मा नेपाली कांग्रेसको पार्टी भित्रको विवाद नटुंगिदै जिल्ला अधिवेशनको उद्घाटन गरेको छ । जिल्लाको सातौं अधिवेशनको एकलौटी उद्घाटन गरेको भन्दै संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको छ ।

हुम्लामा नेपाली कांग्रेस विभाजन भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट पक्षले समानान्तर कमिटी गठन गरेसँगै हुम्लामा कांग्रेस विभाजन भएको हो । मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेको भन्दै पौडेल समूहले समानान्तर कमिटी गठन गरेको हो ।

कांग्रेसको सातौँ जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले जानकारी दिइन् । सदरमुकाम सिमकोटमा पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले निर्वाचन क्षेत्र (क) प्रदेशमा फर्जी मतदान भएको दुखेसो गरिन् । फर्जी मतदान गरेपछि आफूहरूले समानान्तर कमिटी गठन गरेको सांसद शाहीको भनाइ छ ।

पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो । फर्जी मतदानको कुनै सुनुवाइ भएन भने गाँउ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्न बाध्य हुने पौडेल समूहको भनाइ छ ।

आफुहरुको माग सुनुवाईलाई यथास्थिीतीमा सम्बोधन नगरेर अगाडी बढेको भन्दै पत्रकार सम्मेलन मार्फत अझै माग सम्बोधन नभए जिल्लाभर समान्तर कमिटी गठन गरेर आफुहरु ऋगाडी बढ्ने नेपाली कांग्रेसका पूर्वसांसद शाहीले बताइन् ।

पार्टीका हरेक गतिविधीहरु एकलौटी रुपमा अगाडी बढाएकोमा गुनासो पोख्नुभयो । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा आफुहरु सहभागी हुन बाटोमा आउँदै गर्दा खेरि पनि कुनै जानकारी नगरेर अगाडी बढेको उनको भनाइ थियो । अधिवेशनमा भाग लिनका लागी आफुहरु सिमकोट आउँदै गर्दा पार्टीको निती, सिद्धान्त, विधि र पद्धति विपरीत भएको उहाँले आरोप लगाउनुभयो ।

पार्टी भित्र जहिल्यै पनि हेपिएर बस्नुपर्ने, जहिल्यै अन्याए सहेर बस्न नसकिने भएका कारण जिल्लामा अर्को कमिटी गठन गरीने पूर्वसांसद शाहीले चेतवानी दिनुभयो । प्रदेशको (क) माग नेतृत्वदायिबाट सुनुवाई भएन भने शनिवार नै जिल्लामा अर्को कमिटी गठन गरीने शाहीले बताईन् ।

यता पार्टी सभापति शेर वहादुर देउवा पक्षले अर्को पक्षले असन्तुष्टि जनाउँदा जनाउँदै जिल्लाको सातौं अधिवेशनलाई उद्घाटन गरेर अगाडी बढाएको छ । कांग्रेस सभापति जयपति रोकायाको सभापतित्व र कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो ।

कार्यक्रममा विभिन्न राजनीति दलका नेताहरुको सहभागिता रहेको थियो । क्षेत्रिय अधिवेशनमा विवाद देखिएको संस्थापन र इतर समुह आ आफ्नै गतिरोधमा प्रस्तुत हुन थालेका छन् । प्रदेश निर्वाचनमा विजय घोषणा भएको संस्थापन पक्ष जिल्ला अधिवेसनका लागी जुटेको छ भने संस्थापन ईतर पक्षले असन्तुष्टी हुँदै समान्तर कमिटी गठनमा लागेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]