हुम्लामा कांग्रेस विभाजनको डिलमाः पौडेल पक्षले समानान्तर समिती घोषणा गर्यो

दाने बोहरा सोमबार, आश्विन १८, २०७८

सिमकोट । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले हुम्लामा समानान्तर कमिटि निर्माण गरेको छ ।

नेपाली कांग्रेश हुम्ला प्रदेश (क) बाट सुरु भएको विवाद अन्ततः समानान्तर समिती गठनमा पुगेको छ । प्रदेश सभा (क) को अधिवेशनलाई वहिस्कार गरेको पौडेल पक्षले जिल्लाको अधिवेशनलाई समेत वहिस्कार गरी राम बहादुर भण्डारीको सभापतित्वमा समानान्तर समितिको घोषणा गरेको छ ।

पार्टीको विधान विधी पद्धती र सिद्धान्त विपरित निवार्चन गरेको भन्दै देउवा पक्षबाट असन्तुस्ट भई पूर्व सांसद रिता शाही र निर्वाचन क्षेत्र नम्बर (क) का समानान्तर समितिका सभापती समेत रहेका लाकेन्द्र भण्डारीको अगुवाईमा समानान्तर समितिको घोषणा गरेको छ ।

समानान्तर समितिको उपसभापतीमा पेमा तामाङ र तिलक शाही, सचिव चन्दा फडेरा र लोकेन्द्र बहादुर लामालाई चयन गरेको छ । यसै गरी सहसचिवमा राजप्रसाद जैसी, खुल्ला सदस्यमा जनक शाही, जगत बहादुर धामी, छिरिङयाङजु लामा, धर्मदत्त फडेरा, जस फडेरा, सुनीता बुढा, घमण्डी मल्ल, खसआर्यमा दाने फडेरा, बिक्रम बुढा, दलितबाट लालकला बिक, जनजाती पासाङ बुढाथोकी, जनक तामाङ, खसआर्य महिला सदस्यमा नानीकला शाही, मायादेबी शाही चयन गरेको छ । सदस्यमा गुठ बहादुर सिंह, प्रेम बहादुर बढाथोकी, दिपक बुमी, पे्रमा सुनार लाई समानान्तर समितिको समितिमा चयन गरिएको निवार्चन क्षेत्र नम्बर (क) का समानान्तर समितीका सभापती भण्डारीले बताउनुभयो ।

उहाँले हुम्लमा देउवा पक्ष भनिने केही व्यक्तिले एकलौटी निर्वाचन गर्न लगाएर शक्तिको दुरुपयोग गरेको र तानाशाही प्रवृत्ति देखाएकोले यसको हिसाब आगामी चुनाबमा देखाउने भन्दै समानान्तर समितिको आइतबार अधिवेशन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, सोमबार आज नै सिमकोटमा आफ्नो छुटै जिल्ला पार्टी कार्यालय उद्धघाटन गरिने भएको बताउँदै, देउवा पक्ष भनीने नेता जिवन बहादुर शाही पक्षले स्थायी शिक्षक देखी लिएर केही पत्रकारहरु समेतको नाम राखेको आरोप समेत लगाउनुभयो ।
नेता शाहीले आफ्नो छोरा,बुहारी देखी आफ्ना अगुवा पछुवाहरुलाई मात्र प्रतिनिधि बनाएकोले यसको भण्डाफोर गर्ने भन्दै देशमा कांग्रेस विभाजन नभए पनि हुम्लामा विभाजनको डिलमा पुगेको पनि बताउनुभयो ।

देउवा पक्षमा मोहन विक्रम सिंह

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेको नेपाली कांग्रेस हुम्लाको जिल्ला अधिवेशनले पार्टी सभापति देउवा पक्षले नेतृत्व चयन गरेको छ । संस्थापन इतर समूह निर्वाचन प्रक्रियामा सहभागी नहुँदा संस्थापन पक्षका उम्मेदवारलाई विजयी घोषणा गरिएको हो ।

निर्वाचन अधिकृत दुर्गा प्रसाद सापकोटाका अनुसार, एउटा पक्षको मात्र उम्मेदवारी परेका कारण विधानअनुसार सर्वसम्मत नेतत्व चयन गरिएको बताउनुभयो । मोहन विक्रम सिंह निर्विरोध जिल्ला सभापतिमा निर्वाचित भएको उहाँले बताउनुभयो ।

देउवा पक्ष नयाँ कार्यसमितिको उपसभापतिमा कैलाश भण्डारी र बसन्त रोकाया, सचिवमा विजय बुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर लामा तामाङ निर्वाचित भएका छन् ।
त्यसैगरि २४ जना जिल्ला कार्य समितिका सदस्यहरु पनि चयन भएका छन् । अधिवेशनले २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु पनि चयन गरेको छ ।

निर्वाचन अधिकृत सापकोटाले चयन भएका महाधिवेशन प्रतिनिधिहरुमा जयपति रोकाया, पदमबहादुर लामा, कर्णबहादुर रावल, मंगल बहादुर शाही, राज बहादुर रोकाया, चन्द्र रावल, सूर्यबहादुर लामा, धर्मराज जैशी, अर्जुन महतारा, शुसिला रोकाया, रिता लामा, मधु शाही, रंगमती शाही, बखत बहादुर शाही, गणेश बहादुर महत, पदम बहादुर शाही, जुनराज हमाल, उषा रोकाया, डोमा शाही लामा, तुली भण्डारी, जनक बहादुर शाही, दलसरा परियार, राम बहादुर टमटा, पेमाडोमा लामा र मिम बहादुर तामाङ रहेका छन् ।
जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिलाई कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]