सिमकोट । ६६ औँ प्रहरी दिवस २०७८ विशेष कार्यक्रम भव्यताका सञ्चालन भई सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले आज बुधबार विहान ८ वजे आफ्नै कार्यालयमा ६६ औँ प्रहरी दिवस भव्यताका साथ सञ्चालन गरेर सम्पन्न गरेको छ । बुधबारको दिन प्रहरीको एक ऐतिहासिक ठूलो दिन भएको भन्दै जिल्ला प्रहरी कार्यालयले यो दिवस मनाएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा सर्माको अध्यता र संसद रंगमति शाहीको प्रमुख आतिथ्यमा प्रहरी दिवस मनाइएको थियो ।
दिवसको अवसरमा आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा भएका काम र उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै १७ जना सुरक्षाकर्मीहरुलाई पुरुष्कृत गरिएको थियो । जसमा प्रहरी नायव निरिक्षक एक जना, प्रहरी सहायक निरिक्षक एक जना, प्रहरी हवाल्दार ५ जना, प्रहरी जवान आठ जना र एक जना कार्यालय सहयोगी पुरुष्कृत भएका थिए ।
त्यस्तै प्रहरी कार्यालय भित्रै यो वर्षका ब्याडम्यान्टेण्ड प्रतियोगिता खेल खेलेर हवाल्दार प्रेम बहादुर रोकायाको टिम प्रथम, हवाल्दार दामोदर राउतको टिम द्धितिय र प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माको टिम तृतिय स्थानमा भएको भन्दै क्रमश प्रमाण पत्र प्रदान गरिएको हो ।
सोही दिवसको अवसर पारेर हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नम्वर १ मा रहेको मिमि प्रहरी चौकीका लागि सोही ठाउँका स्थानीय गोर्ख बोहराले तीन रोपनी जग्गा दान गरेको भन्दै जग्गा धनि बोहरालाई कदर पत्र दिएर सम्मान गरेको थियो ।
दिवसका कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, राजनिति दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख एबम् प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागिहरुले अमर शहिदहरु प्रति एकसाथमारल्याअर्पण गरेका थिए ।