सिमकोट । विजया दशमि तथा शुभ दिपावलीको पावन अवसरमा नेकपा एमालेको भातृसंगठन अनेरास्ववियू हुम्लाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू जिल्ला कमिटी हुम्लाको संयुक्त आयोजनामा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरि सम्पन्न भएको हो ।
न्याय प्रेमी युवाहरू युवा संघमा, सामाजिक परिवर्तन युवाहरुको काँधमा, भन्ने मूल नाराका साथ नेकपा एमालेको भातृ संगठनले शुभकामना कार्यक्रमको आयोजना गरेको हो । शुभकामना कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवासंघ नेपाल हुम्लाका अध्यक्ष दिनेश रावतको अध्यक्षता र नेकपा एमालेका जिल्ला कमिटीका सदस्य नर बहादुर रोकायाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
शुभकामना मन्तव्य दिदैँ कार्यक्रमका विशेष अतिथि एबम् नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रकास बहादुर शाहीले, नेकपा एमाललाई शसक्त बनाउनका लागि भरखरै मात्रै केन्द्रिय कमिटीले विधान संसोधन गरेको बताए ।
जिल्ला कमिटी शाहीले भने, ‘अहिले पनि नेकपा एमाले देशमा एक्लै लडि रहेको छ’ । जोकी देशका अन्य खिचडी जस्ता पार्टीलाई पराजित गर्ने र पुन ः पनि नेकपा एमाले देशको पहिलो पार्टीका भएर अघि बढ्ने सहभागिलाई विश्वास दिलाए । ’
सचिवालय सदस्य शाहीले भने, हुम्ला जिल्ला एमालेमय बनाउन सवैको भूमिका रहेको छ । नेकपा एमालेको अधिवेसन कात्तिकमा हुँदै छ, जस्का लागि जिल्लाका सम्पुर्ण एमालेमा आवद्ध सुभेच्छुक नेता तथा कार्यकर्तालाई एक जुट भएर लागि पर्न आग्रह गर्नु गरेका थिए ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षक संगठन हुम्लाका अध्यक्ष धर्म नन्द लामाले, विगतको समय भन्दा हाल एमाले पार्टी धेरै फरक रहेको बताए । अध्यक्ष लामाका अनुसार, २०४६ सालमा नेकपा एमालेको पार्टी कार्यालय स्थापना गर्दाको समयमा दुई, चार जना बाहेक अन्य व्यक्ति नभएको भए पनि हाल अहिले आएर हुम्लामा नेकपा एमालेको संगठन निक्कै बढेको बताए ।
विहिबार दिउँसो १ बजेभएको शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमालेमा आवद्ध नेता कार्यकता एक आपसमा अविर लगाई दशैँको शुभकामना दिएका थिए ।
यस्तै नेपालीहरुको महानपर्व तथा चार्डबाडहरु शुरुभएसँगै जिल्लाका विभिन्न क्षेत्रमा शुभकामना आदनप्रदान कार्यक्रम गरीरहेका छन् ।
बिहिबार देखि जिल्लाभरका विद्यालयहरु पूर्णिमा सम्मको लागि बन्द हुनेभएकाले शिक्षक र बिद्यार्थी बिच भेटघाट नहुँने भएकाले ज्ञानदोय माध्यामिक बिद्यालयले एक औपचारीक कार्यक्रम गरी शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।
सम्पूर्ण विद्यार्थी र शिक्षकहरु जम्मा भई सोही विद्यालयका शिक्षक महेन्द्र पाण्डेको अध्यक्षतामा तथा नेकपा एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीको प्रमुख आथित्यमा त्यहाँका सम्पुर्ण शिक्षक बिद्यार्थी लगायत स्थानीय नागरीकहरुको माझ शुभकामना आदनप्रदान कार्यक्रम गरी सम्पन्न भएको हो ।
लामो समय शिक्षक र बिद्यार्थीहरु बिच भेटघाट नहुँने र शुभकामना आदनप्रदान गर्न नसकिने भन्दै एक आपसमा शुभकामना आदनप्रदान गरी कार्यक्रम सम्पन्न भएको बताइएको छ ।