४६ महिला स्वास्थ्य स्वयम् सेविकालाई सामग्री सहयोग

नेपालचेक समाचारदाता शुक्रबार, आश्विन २२, २०७८

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका भित्र रहेका ४६ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई आधार विकास हुम्लाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

लामो समयदेखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नामक संस्थाले शुक्रबार एक कार्यक्रमका बिच सिमकोट गाउँपालिकाका आठ वटै वडाका महिला स्वास्थ्य स्वयम् सेविकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाले पछिल्लो समय स्थानीय स्तरमा महिला स्वास्थ्य स्वंयम सेविकाहरूको भूमिका महत्वपुर्ण रहेको भन्दै एक दिने गोष्ठी सहित उनिहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको आधार विकास नेपाल हुम्लाका स्वास्थ्य संयोजक क्याम्वा लामाले बताए ।

समिक्षा गोष्ठीमा महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई कोभिडसँग बच्ने उपाए तथा स्थानीय स्तरमा काम गर्दा स्वंयम सेविकाले गर्नु पर्ने कार्य सम्पादनका बारेमा प्रशिक्षण समेत गरीएको थियो ।

कार्यक्रममा सहभागि भएका महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई कोभिड सम्वन्धिका स्वास्थ्य सामग्रि समेत वितरण गरिएको लामाले जानकारी दिए ।

गाउँमा रहेर काम गर्दा स्वयम सेविकालाई आवश्यक पर्ने सामग्रि उपलव्ध गरिएको छ ।

उक्त सामग्री मध्ये प्रतिव्यक्ति झोला एक पिस, नेटिाइजर एक बोतल, गाउन एक पिस, पानी बोतल एक पिस, केएन ९५ मास्क पाँच पिस, टु ग्वोलब्स एक बक्स, अक्सिमिटर एक पिस, थर्ममिटर एक पिस, क्याप १५ पिस, सर्जिकल मास्क ५० पिस, टर्च एक सेट, साबुन दुई पिस, एक हजार एमएलको सेनिटाइजर एक बोतल, बुट एक सेट र निर्देशिका एक पिस समेत वितरण गरेको हो ।

सहभागी स्वास्थ्य स्वयम सेविका चाँदनी सुनारका अनुसार, आफुलाई गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको सहयोग नरहेको गुनासो पोख्नुभयो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा खटिनु पर्दा आफुहरुलाई प्रयाप्त स्रोत साधन नहुँदा विभिन्न समस्या झेल्नु परेको सुनारले गुनासो गर्नुभयो ।

त्यस्तै गाउँका महिला तथा बालबालिकाहरुमा केही समस्या आएमा सवै भन्दा ठूलो भूमिका महिला स्वास्थ्य स्वयंम सेविकाहरुको रहने गरेको पाइन्छ । त्यसलाई सम्वन्धित निकायले भरपुर सहयोग गरेमा समस्या समधान हुने सिमकोट गाउँपालिका वडा ४ का वडाध्यक्ष छवि चन्द्र लामाले बताए ।

महिला स्वास्थ्य स्वयम सेविकाहरुले गरेको गुनासो अनुसार हाल स्वास्थ्य सेवा कार्यालयलाई केही अधिकार नभएको र यतिखेर गाउँपालिकालाई सवै जिम्मा भएकोले स्वास्थ्य सेवा कार्यालयले केही गर्न नसकिने स्वास्थ्य सेवा कार्यालयका शिनियर अनमी सरिता बोहराले बताए ।

सोही कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले आधार विकास नेपाल हुम्लाले दुई वर्षदेखि कोभिडको संकटलाई मध्य नजर गर्दै अग्रपंतिमा खटि रहँदा आफुहरुलाई सहज भएको बताए ।

महिला स्वास्थ्य स्वयम सेविकाहरुको सेवा सुविधा तथा पहुँजका लागि गाउँपालिकाले नियमित रुपमा नेपाल सरकारलाई पहल गरि रहेको अध्यक्ष लामाले बताए ।

त्यस्तै केही दिनपछि आधार विकास नेपाल हुम्लाले नाम्खा गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई समेत स्वास्थ्य सामग्रि वितराण गर्ने भएको छ । संस्थाले लामो समयदेखि शिक्षा र स्वास्थ्य सम्वन्धिको कार्यमा योग्दान पुराउँदै आएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]