सिमकोट । हिमपातले तीन दिन देखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशी सहित तीनजना नेपाली नागरीक गरेर सातजनाको हेलिकप्टोर मार्फत उद्धार गरि सिमकोट ल्याइएको छ ।
हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चारजना स्लोभिनियाका नागरीक रहेका हुन् भने तीनजना उनिहरुसँगै गएका नेपाली नागरीक ट्रेकिङगार्ड रहेका छन् । अलपत्रमा परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर,कोट्निक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला रहेका हुन् ।
हिमपातले तीनदेखि लिमिको तुम्लिङमा अलपत्र परेका स्लोभिनिया ३ जना पुरुष र १ जना महिला गरी ३ जना नेपाली ट्रेकिङगार्डको एयर डाइनेष्टिक हेलिकप्टरबाट उद्वार गरि सिमकोट ल्याएको छ ।
सदरमुकाम सिमकोटदेखि लिमितर्फ हिडेको १३ दिन भएको र ३ दिन देखि लिमिको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगार्ड अशिम तामाङले बताए । लिमिको हल्जी गाउँमा गएर टेलिफोन गरि हेलिकप्टर बोलाएको तामाङले बताए । उद्वार गरिएका ४ जना स्लोभिनियाका नागरिक र ३ जना नेपाली रहेको सिमकोट विमानस्थल सुरक्षा गार्ड श्रोतले जनाएको छ ।
यस्तै उनिहरुसँगै तुम्लिङमा फसेका अन्य ६ जना नेपाली नागरीहरु आजबाट मौसम सफा रहेकाले पैदल मार्ग भएर खच्चडसँग सिमकोट पुग्ने भएको तामाङले जानकारी दिए ।
आइतरबार राति देखिको अवरल वर्षा र हिमपातले तीन दिनदेखि उनिहरु तुम्लिङमा फसेका थिए ।
उद्धार गरिएका चारजना स्लोभिनियाका नागरीकहरु आजै जिल्ला बाहिर जाने भएका छन् ।