सिमकोट । जिल्ला अस्पताल हुम्लाबाट रिफर गरि स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना विरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सिमकोटमा रोकिनु परेको छ ।
जिल्लाको खार्पुनाथ गाउँपालिका वडा १ प्युस घर भएका दिर्घरोगी ६० वर्षीय विरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनु परेको हो । उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि तारा एयरमा टिकट काटेको भएपनि उडान नभएर विरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो ।
जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएको बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ ।
बिरामी विरजित शाहीले मात्र टिकट पाएको भएपनि विरामीसँगै जाने विरामी कुरुवाले टिकट नपाएपछि उनीहरु हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन् । बिरामी बुबालाई कसको साथ लगाएर अस्पताल पठाउने छोराले भन्नुभयो, त्यसैले हामी फर्कियौं दीर्घले गुनासो गर्नुभयो ।
यस्तै विद्यार्थी, विरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुहरुले हप्तौ दिन देखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा टिकट नपाएको गुनासो गरेका छन् ।
नेपालगञ्ज,सुर्खेतबाट उडान भर्दै आएका निजी एयर सिता, तारा र समिटले नियमीत उडान नभर्दा जिल्ला बाहिरीने हुम्लीले सास्ति खेप्नुपरेको छ । अन्य समय विहान देखि बेलुका सम्म दैनिक १० भन्दा ण्डान भर्ने निजी एयरले यो समय एक मात्रै उडान गर्दा विरामी देखि अन्य सर्वसाधरणले सास्ति खेप्नुपरेको छ । सिता, समिट, ताराले दैनिक एक उडान भरेपनि विद्यार्थी,विरामीलाई प्राथामिकतामा नदिएर फोनकाका आधारमा टिकट विरतण गरेको जनगुनासो आउने गरेको छ । आफन्त चिनजानका आधारमा दशैँ तिहारको समय टिकट वितरण हुँदा अन्य सर्वधारण मर्कामा परेका छन् ।
हुम्लामा वायु सेवाको जहाजले उडान भर्न छोड्यो
हुम्लामा नेपाल वायु सेवाको जहाजले नियमित उडान नभर्दा जिल्ला बाहिरीले जिल्लावासीले थप समस्या भोग्नुपरेको छ । वैशाखदेखि नेपाल वायु सेवाको जहाजले उडान नभरेपछि हुम्लाबाट नेपालगञ्ज सुर्खेत लगायतमा बाहिरीने यात्रुलाई सास्ती भएको छ । दसैँ मनाएर काठमाडौं ,नेपालगञ्ज,सुर्खेत,पोखरा लगायतका शहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् । पहुँचवालाहरूले सहजै टिकट पाउने र सर्वसाधारण नागरिकले हप्ता दिनसम्म एयरपोर्ट धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका वडा २ का दिपेन्द्र बोहराले गुनासो गर्नुभयो । निजि एयरलाइन्स तारा र समिटले फ्लाइट गरेपनि भित्रभित्रै टिकट वितरण हुने गरेको छ । सीता एयरले ४÷५ दिन यता फ्लाइट नगरेको यात्रुहरूको दुखेसो छ ।