सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले सिमकोट गाउँपालिका वडा ६ को वडा कमिटिको वडा कार्यालय उद्घाटन गरिएको छ । संसारका मज्दुर एक हौँ भन्ने, मुल नाराका साथ सिमकोट गाउँपालिका वडा ६ माथिल्लो गाउँको वडा कमिटिले आफ्नो वडा कार्यालय स्थापना संगै उद्घाटन गरेको हो ।
उक्त उद्घाटन कार्यक्रम सिमकोट गाउँपालिका वडा ६ वडा कमिटिका वडाध्यक्ष टेक बहादुर रोकायाको अध्यक्षता र नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलको प्रमुख आतिथ्यमा सो कार्यालय उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नकपा एमालेका जिल्ला अध्यक्ष दल रावलले यस अघि सिमकोट माथिल्लो गाउँमा नेकपा एमालेको संख्या न्युन रहेको भए पनि हाल लामवद्ध रुपमा देखिदा सन्तोष जनक रहेको बताउनु भयो ।
अध्यक्ष रावलका अनुसार नेकपा एमालेलाई फुटाउनका लागि केही देशि विदेशि शक्तिको प्रयोग गरियो तर सो पार्टी फुटाउनुको सट्टा केही चोइटिएर गए पनि खासै प्रभाव नपरेको देखियो । कार्यक्रममा सिमकोट गाउँपालिका वडा नम्वर ६ का सम्पुर्ण नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथिको हातबाट टसिखाता तथा अविर लगाएर सम्मान गरिएको थियो ।
भरखरै कार्तिक ६ गतेदेखि हुम्ला जिल्लामा नेकपा एमालेको वडा कमिटि गठन गर्दा कंही कतै विवाद नभई सो कमिटि गठन गर्ने कार्य सौहार्द पुर्ण ढंगले सम्पन्न भएको नेकपा एमालेका सचिवालय सदस्य प्रकास बहादुर शाहीले बताए । अवदेखि सिमकोट माथिल्लो गाउँमा नेकपा एमाले बलियो रहने आशा शाहीले गरेका थिए । नेकपा एमालेको जिल्ला भरिकै पहिलो पटक वडा कमिटिको वडा कार्यालय स्थापना तथा उद्घाटन गर्नेमा सिमकोट माथिल्लो गाउँ पहिलो भएको छ ।