आठ विद्यालयका शिक्षक विद्यार्थीलाई स्वास्थ्य सामाग्री सहयोग

नेपालचेक समाचारदाता शनिबार, कार्तिक १३, २०७८

सिमकोट । लामो समय देखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार नेपालले उत्तरी नाम्खा गाउँपालिकामा रहेका आठवटा विद्यालयका शिक्षक र विद्यार्थीलाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नाम्खा गाउँपालिकामा रहेका शिक्षक विद्यार्थीलाई सामाग्री सहयोग गरेको हो ।

जिल्लामा कोरोना संक्रमणको दर शुन्य भएपनि यसबाट बच्नका लागी स्वास्थ्य सामाग्री सहयोग गरिएको आधार नेपालका शिक्षा संयोजक कन्जोक लामाले बताउनुभयो ।

नाम्खा गाउँपालिकामा रहेका आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षकलाई मास्क,सावुन,सेनिटाईजर सहयोग गरिएको संयोजक लामाले बताउनुभयो ।

स्वास्थ्य सामाग्री सहयोगले विद्यालय तथा समुदायमा सरुवा रोगका साथै कोभिड १९ रोग नियन्त्रण रोकथाममा टेवा पुग्ने बताइएको छ ।
यस्तै नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका भित्र रहेका सबै महिला स्वास्थ्य स्वयमं सेविकाहरुलाई एकदिने अभिमुखिकरण तालिमसँगै उनिहरुलाई स्वास्थ्य सुरक्षा तथा सरसफाई सहयोगका सामाग्री वितरण गरिएको छ ।

महिला स्वास्थ्य स्वयमं सेविकालाई मास्क, नेनिटाइजर,ग्लोबस, गाउन,बुट, थर्ममिटर, अक्सिमिटर, ९५ मास्क, झोला पानी बोतल लगायतका सामाग्री वितरण गरिएको लामाले बताउनुभयो ।

आधार नेपालले कोभिड संक्रमणको समय देखि अन्य समयमा समेत जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय र नाम्खा, सिमकोट लगायतका गाउँपालिकामा विभिन्न समयमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]