मलसाप्रोले लखेटेर ल्याएको कस्तुरी डिभिजन वन कार्यालयमा बुझाइयो

नेपालचेक समाचारदाता शनिबार, कार्तिक १३, २०७८

सिमकोट । मलसाप्रोले लखेटेर ल्याएको कस्तुरी डिभिजन वन कार्यालय हुम्लामा बुझाइएको छ । नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना क्षेत्र हेक्पा खोलामा आत्तिएर आएको अवस्थामा फेला परेको कस्तुरी स्थानीयले शनिवार डिभिजन वन कार्यालय हुम्लामा बुझाएका छन् । जंगलमा बस्ने कस्तुरीको संरक्षण र व्यवस्थापन होस भन्दै शनिबार भेटाएका स्थानीयले कस्तुरीलाई कार्यालयमा इमानदारीताका साथ बुझाएका हुन् ।

मलसाप्रोले जंगलबाट लखेटेर ल्याउँदा उक्त कस्तुरी निक्कै थकान अवस्थामा खोलाको किनारमा रहेको वेला सिमकोट गाउँपालिका वडा ७ का स्थानीय कृष्ण शाही र सरचन्द शाहीले समातेर सोही कार्यालयमा बुझाएको बताइएको छ ।

आफ्नो खेतमा काम गरि रहेको बेला लखेटेर ल्याएको कस्तुरी देखिएपछि उनीहरु दुवै जना मिलेर छोप्न सफल भएको जानकारी प्राप्त भएको छ । आज भेटिएको कस्तुरीमा छ महिनाको पोथी कस्तुरी रहेको छ । जस्लाई मलसप्रोले नाम्खा गाउँपालिकाको जंगल र बुट्यान क्षेत्रबाट लखेटेर ल्याएको हुन सक्ने स्थानीयले अनुमन गरेका छन् ।

अन्दाजी आठ देखि नौ केजी तौल भएको कस्तुरी बुझ्दै कार्यालय प्रमुख रेणुका न्यौपानले कार्यालयमा पुगे लगत्तै सुरक्षित खोर बनाएर राखिएको बताईन् । उनले खोरमा राखिएको कस्तुरी घाँस र पानी समेत खाने गरेको बताईन् । नेपालमा पाईने चार वटा जातिका कस्तुरी मध्ये हुम्लामा स्थानीयले भेटाएको कस्तुरी हिमालय मक्सडिएर हो ।

अब राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अनुसार त्यसको व्यवस्थापन गर्ने कार्यालयले जनाएको छ । यो जातिको कस्तुरी २ हजार ५ सय देखि ४ हजार मिटर उचाईसम्म रहँदै आउने गरेको छ । यसको आयु १४ देखि १५ वर्षसम्म हुने गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]