सडक अवरुद्ध हुँदा दशैँ मनाउन घर पुगेका विद्यार्थी गाउँमै बस्न बाध्य

नेपालचेक समाचारदाता शनिबार, कार्तिक १३, २०७८

सिमकोट । कात्तिक एक गते राति देखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिण भेगमा रहेका चारवटा पालिकाको विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा विद्यार्थी लगायत अन्य सर्वसारधण गाउँमै बस्न बाध्य भएका छन् । दक्षिण भेगका चारवटा सर्केगाड, चंखेली, ताँजाकोट, र अदानचुली गाउँपालिकाका नागरीकलाई जिल्ला बाहिर जानको लागि गाडी मार्फत सहज भएपनि सडक अवरुद्ध हुँदा उनिहरुलाई थप समस्या बनाएको छ ।

जिल्ला बाहिर जानको लागि कात्तिक १ गते देखि ३ गते सम्म परेको अविरल वर्षाका कारण कर्णाली करिडोर लगाएत अन्य राष्ट्रिय सडकहरु अवरुद्ध बनाए पछि काठमान्डौ, नेपालगञ्ज,सुर्खेत लगायतका सहरी क्षेत्रमा अध्यन गरि रहेका र रोजगारीकोे लागी सहरी क्षेत्रमा कार्यरत हुम्लाका सयौ विद्यार्थी तथा नागरिकहरुलाई यतिवेला आफ्नो कार्यक्षेत्रमा जान समस्या भएको छ ।

विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा कुनै पनि सवारी साधनका यातायातहरु सञ्चालनमा नआए पछि स्थानिय नागरिकहरुलाई समस्या भएको अदानचुलीका अधिकांश नागरिकहरुले गुनासो गर्ने गरेको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको रेडियो श्रीनगरका स्टेशन म्यानेजर कालि बहादुर थापाले बताए ।

हुम्लाको एक मात्र विमानस्थल रहेको सदरमुकाम सिमकोट पुग्न २ देखि ३ दिनसम्म लाग्ने र बाजुराको कोल्टी सम्म जान पनि २ दिने लाग्ने भएकोले थप समस्या बनाएको यस क्षेत्रका नागरिकहरुको गुनासो रहेको छ ।

सडक अवरुद्ध भएपनि दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकहरुले सिमकोट पुगेर महंगो हवाई भाडा तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । ताँजाकोट, चंखेली र अदानचुली गाउँपालिकाबाट सदरमुकाम पुग्न हिडेर ३ दिनसम्म लाग्ने गर्दछ भने सर्केगाड गाउँपालिकाबाट दुई दिन लाग्ने गर्दछ । यसले गर्दा खर्च बढी हुनुका साथै सिमकोट पुगेर टिकट नपाउँदा थप होटेल बसेर खर्च बढी लाग्ने गरेको छ । ठाउँ ठाउँमा सडक अवरुद्ध हँुदा दशैँ मनाउन घर पुगेका विद्यार्थीहरुले गाउँमै बस्नुपरेको छ ।

तर कर्णाली करिडोरको सडक सञ्चालनमा आएको समयमा दक्षिण भेगका नागरीकलाई पैसाको बचत हुनुका साथै जिल्ला बाहिर जानको लागि समेत सहज हुने गरेको थियो । अवरुद्ध भएको सडक समयमै सम्बन्धि निकायले मर्मत गर्नुपर्ने यहाँका नागरीकले आग्रह गरेका छन् ।

यस्तै सडक अवरुद्ध भएपछि दक्षिण भेगमा रहेका ग्रामिण बजारमा समेत नयाँ सामान नभित्रीदा महँगी समेत बढ्न थालेको अदानचुली वडा नम्बर ४ का एक स्थानियले नाम नबताउने सर्तम बताएका छन ।

उनका अनुसार आफु श्रीनगरमा आएको बेला घर जाने बाटो लामो भए पछि बिच बाटोमा भोक लाग्छ भनेर २० रुपैया पर्ने वाईवाई चाउचाउ किन्दा ४० रुपैया मूल्य तिरेको बताए । यस गाउँपालिकामा बजार व्यवस्थापन समिती गठन नगर्दा स्थानीय ठगिन बाध्य भएको पाइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]