रेणु दाहाललाई लक्षित गर्दै ओलीले भने- ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ’

नेपालचेक समाचारदाता सोमबार, कार्तिक १५, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मतपत्र च्यात्ने सपना नदेख्न चुनौती दिएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए ।

यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गर्दै ओलीले महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताए । ‘चितवनमा महाधिवेशन गर्ने कुन्‌सा ठूलो कुरा भयो,’ प्रचण्डतिर संकेत गर्दै ओलीले भने, ‘किन छटपटी ? महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं ।’

‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको,’ ओलीले भने, ‘ अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर पाएर दुई/दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’ उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]