कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी

नेपालचेक समाचारदाता मंगलबार, कार्तिक १६, २०७८

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसद गरी २१ सांसदको समर्थनसहित उनले दाबी पेश गरेका हुन् । कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन चाहिन्छ ।

प्रदेश प्रमुख कलौनीले सोमबार बेलुका संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज (मंगलबार) साँझ ८ बजे मुख्यमन्त्री शाहीले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]