जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले अर्गानिक मिनिमार्केट सञ्चालनमा ल्याएको छ । अति लोकप्रिय बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ सहकारीले जुम्ला सदरमुकाम खलङ्गा बजारमा सो मिनिमार्केट संचालना ल्याएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए ।
उनले भने, “ रैथाने बालीको उत्पादनलाई बढवा दिनका लागी सहकारीले अर्गानिक मिनिमार्केट संचालनमा ल्याएको हो । जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमि, आलु, मकै, कोदो, फापर, मार्सी धान,ओखर ,टिमुर चिनो ,कागुनो,स्याउघिउ,मह लगायतका रैथाने बस्तुको उत्पादन बढाउने उद्देश्यले अर्गानिक मिनिमार्केट पसल खोलेको सहकारीका कार्यकारी व्यवस्थापक पाण्डेले बताए । ”
सहकारीले ५० लाख बराबरको मार्र्सीधान र सिमी खरिद गर्ने भएको छ । ३० हजार ओखर खरिद गरिएको छ । अर्गानिक मनिमार्केट पसल बाट दैनिक एक लाख बराबारको अर्गानिक बस्तुबिक्रि हुने गरेको छ । जिल्लामा उत्पादन हुने रैथाने बस्तु गाउँ गाउँमा रहेका आफ्ना सदस्यहरुबाट संकलन गर्ने गरेका छौ । व्यवस्थापक पाण्डे भन्नुभयो,“ बचत उठाउदा नगद मात्रै लिने गरेको छैन सदस्यहरुको सहजताको लागी सिमि ,चामल ,फापरजस्ता अर्गानिक बस्तु पनि लिने गरेका छौ । सिमी चामल संग पनी बचत साट्ने गरिएको छ । जुम्लामै उत्पादन भएको रैथाने बालीलाई प्रथामिकता छौ ।
अर्गानिक उत्पादन गर्ने किसानलाई सहकारीले २० हजार बराबार अनुदान दिने गरेका छौ । जुम्लामा मात्रै १८ हजार सहकारीका सदस्य रहेका छन् । जसमध्य १२ हजार गाउँमा छन् । गाउँमा भएका १२ हजार सदस्यको उत्पादन सहकारीले आफै लिने गरेको सहकारीका व्यवस्थापक पाण्डेले बताउ ।” जुम्ला उत्पादिनत रैथाने बाली मात्रै नभइ राडी ,पाखी लिउ, उनबाट बनाइएका सुइटर, कोटको कपडा, खराएका टोपी लगाय सम्पुर्ण समाग्रीहरु मिनिमार्केट बाट बिक्रि हुने गरेको चन्दनाथ सहकारीले जनाएको छ । पछिल्लो सयमा चन्दननाथ सहकारी वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ ।