सेभेन ए साइट प्रतियोगिता फुटबल सम्पन्न प्रथम चाङ्ला

नेपालचेक समाचारदाता शुक्रबार, कार्तिक १९, २०७८

सिमकोट । कात्तिक ११ गतेबाट सञ्चालन भएको सेभेन ए साइट फुटबल प्रतियोगिताको फाइनल खेल विहिबार सम्पन्न भएको छ । रानिवन युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा १७ वटा टिमले सहभागी जनाका थिए ।

विहिबार शिव मन्दिर युवा ब्लव र चाङ्ला युवा क्लब विच फाइनल खेलमा प्रतिस्प्रधा भएको थियो ।

सेमिफाइनलमा प्रतियोगिता विजेता भएर दुबै टिम फाइनल प्रवेश गरेका थिए । विहिबार भएको फाइनल खेलमा चाङ्ला युवा क्लबले जित हात पारेको हो । चाङ्ला युवा क्लबले एक गोल गरेर जित हासिल गरेको छ । विहिबार भएको फाइनल खेलमा शिव मन्दिर युवा क्लबलाई शुन्यका विरुद्ध एक गोल गरेर चाङ्ला युवा क्लबले जित हासिल गरेको आयोजक टिमले जानकारी दिएको छ ।

एक हप्तासम्म सञ्चालन भएको फुटबल खेलको प्रथम टिमलाई रु ३७ हजार पाँच सय र दोस्रो टिकलाई रु २२ हजार नगद पुरुस्कार प्रदान गरिएको हो । विजेता टिमलाई जिल्ला खेलकुद समितीका जिल्ला अध्यक्ष विनोद बोहराले पुरस्कार वितरण गर्नुभएको थियो ।

शिव मन्दिर युवा क्लवले बुधबार भएको दुई वटा सेमिफाइनल खेलमा खार्पुनाथ गाउँपालिकाको दुधेदह क्लबलाई १ काविरुद्ध चार गोल गरेर फाइनलमा प्रवेश गरेको हो । भने, चाङ्ला युवा क्लबले नाम्खा गाउँपालिकाको टिमलाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो । सेभेन ए साइट प्रतियोगिता कात्तिक ११ गतेबाट सञ्चालन भएर आज सम्पन्न भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]