२४ वर्ष अघि सुकेको मुहानबाट पानी आउन थालेपछि………..

नेपालचेक समाचारदाता सोमबार, कार्तिक २२, २०७८

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको एक गाउँमा झण्डै २४ वर्ष अघि सुकेको मुहानबाट पुन पानी आउन थालेको छ । लगातार २४ वर्ष सम्म पानी नआएको वडा ३ को रिठापाटामा गएको अविरल वर्षा पश्चात पुन पानी निस्केपछि यहाँका स्थानीय खुसि भएका छन् ।

सुकेको मुहानबाट पानी निस्कन थालेपछि वडा ३ का नागरीकहरुले आफ्नो रितिरिवाज तथा परम्परा अनुसार होमजग्गी गरी बन्द रहेको धारालाई मर्मत गरिएको छ ।

२४ वर्ष पहिले अदानचुली ३ रोकाया गाउँका नागरीकहरुले रिठापाटा भन्ने ठाउँबाट पानी खाने गर्दथेतर उक्त मुहानबाट पानी सुकेपछि अन्यत्र गई पानी खापुपर्ने अवस्था रहेको थियो । तर केही दिन अगाडी लगातार परेको अविरल वर्षाले २४ वर्षसम्म सुकेको मुहानबाट पानी निस्कन थाले पछी देउसी भैलो खेलेर जम्मा भएको रकमबाट धारा मर्मत गरिएको वडा ३ रोकाया गाउँका मिम बहादुर रोकायाले बताए ।

उनले भने गाउँका सबै जेष्ठ नागरीकहरु उपस्थित भई धारा मर्मत होमजग्गी रोकायाले बताए । सुकेको मुहानबाट केही दिनसम्म पानी निरन्तर आएको खण्डमा सिमेन्ट प्रयोग गरेर धारा पक्कि बनाइने भएको जानकारी दिए । गाउँमै रहेको सुकेको मुहानाट पानी निस्कन थालेपछि गाउँका नागरीक खुसि भएका छन् ।

भने खानेपानीका लागि गाउँबाट टाढा जानुपर्ने बाध्यताको समेत अन्त्य भएको उहाँले बताए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]