शिक्षा क्षेत्रको व्यथिती भ्रष्टचार अन्त्य गर्न विद्यार्थीको मुख्य भूमिका अनेरास्ववियू हुम्ला

दाने बोहरा मंगलबार, कार्तिक २३, २०७८

सिमकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन हुम्लाले मङ्गलबार पत्रकार सम्मेलन गरेको छ ।

सातवटा गाउँपालिका रहेको हुम्लामा अनेरास्ववियुले सातवटै गाउँपालिकामा आफ्नो विद्यार्थी संगठन गठन गरेपश्चात आज पत्रकार सम्मेलन गरेको हो । शैक्षिक व्यथितीको अन्त्य, अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा, आजको आवश्यकता भन्ने नाराका साथ अनेरास्ववियु हुम्लाले आफ्नो ११ औं जिल्ला सम्मेलन गर्न लागेको छ ।

आजै अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हिक्मतजङ खड्काको प्रमुख आथित्यमा र जिल्ला संयोजक गणेश भण्डारीको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको जिल्ला कार्यसमितीका सदस्य जयराज सन्ज्यालले जानकारी दिए ।

विद्यालयमा राजनिती शिक्षक नियुक्त हुने प्रचलन रहेको अनेरास्ववियु विद्यार्थी संगठनका केन्द्रीय सदस्य हिक्मत खड्काले बताए । लाईसेन्स विना शिक्षकहरूको राजनिति नियुक्त हुने भएकोले यसको व्यथिती अन्त्य गर्ने केन्द्रीय सदस्य खड्काले बताए । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बराल हुम्ला ल्याउनु उद्देश्य भनेको हुम्लाको आवाज केन्द्र सम्म पुगोस् भनेर हुम्लामा ल्याउने भएको उनले बताए ।

यहि कात्तिक २५ गते पहिलो जिल्ला अधिवेशनका लागि केन्द्रिय अध्यक्ष बरालको समेत सहभागीता रहनेभएको सन्ज्यालले बताए । २५ गते हुन लागेको अनेरास्ववियुको जिल्ला अधिवेशनका लागि सबै तयारी पुराएको जानकारी प्राप्त भएको छ ।

यस्तै पत्रकार सम्मेलमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज खड्काले विद्यार्थी र पत्रकार विचको सम्बन्ध भनेको नङ मासु जस्तै रहेको बताए । देशमा भएका अन्यक व्यथिती, भ्रष्टचार लगायतका विभिन्न आन्दोलनमा विद्यार्थीको अग्रहणी महत्वपूर्ण भूमिका रहनेभएको खड्काले बताए ।

समाजको व्यथिती, भ्रष्टचार अन्त्य गर्न विद्यार्थीको मुख्य भूमिका रहने गरेको जिल्ला संयोजक भण्डारीले बताउनुभयो । विद्यार्थीलाई हरेक किसिमका आन्दोलन, सभासमारोहमा मात्रै नभएर शैक्षिक स्थितीपनि उकास्नुपर्ने भण्डारीले बताए । सुगमका विद्यार्थीले अंग्रेजी सजिलै उच्चाहरण गर्न सक्ने तर हुम्ला जस्तो दुर्गम जिल्लाका विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले उच्चाहरण गर्न सक्ने अवस्था नरहेको जिल्ला संयोजक भण्डारीले बताए ।

हुम्ला मात्रै नभएर दुर्गम जिल्लाहरुको विद्यार्थीको शैक्षिक गुणस्तरका साथै देशमा भएको शैक्षिक व्यथितीलाई अन्त्य गर्नुपर्ने बताइएको छ । शैक्षिक व्यथितीको अन्त्य गर्नुका साथै हुम्ला जस्तो दुर्गम मुगु,डोल्पा,कालिकोट, लगायत विकट जिल्लाका विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरमा गुणस्तरीय शिक्षामा प्रतिस्पर्धात्मक तुलनामा अगाडी बढ्नुपर्ने आजको् आवश्यकता रहेको अनेरास्ववियु हुम्लाले जनाएको छ ।

आजै भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावत लगायत जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थित रहेको जिल्ला कमिटी सदस्य सञ्ज्यालले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]