विद्यार्थीलाई स्काउट पोशाक

नेपालचेक समाचारदाता शनिबार, कार्तिक २७, २०७८

सिमकोट ।  हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटि सिमकोट हुम्लाले ६४ जना विद्यार्थीलाई स्काउट पोशाक वितरण गरेको छ ।

सिमकोट गाउँपालिका स्काउट कमिटी सिमकोट हुम्लाको आयोजना तथा कर्णाली प्रर्देश स्काउट कार्यालय विरेन्द्र नगर सुर्खेतको सहयोगमा मानसरोवर उच्च माध्यामिक विद्यालय र बालमन्दिर माध्यामिक विद्यालयका गरी ६४ जना छात्रा छात्रलाई निःशुल्क रुपमा स्काउट पोशाक सहयोग गरेको हो ।

पोशाक वितरण कार्य मानसरोवर उच्च माध्यामिक विद्यालयमा अध्यनरत कक्षा १० देखि १२ र बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई सहयोग गरिएको मानसरोवर उच्च माध्यािमक विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले बताउनुभयो ।

बेलायती एक जना सेनाको उदाहरण दिँदै हुम्लाका विद्यार्थीहरूको भविस्यलाई पनि उज्वल रहेको स्मरण स्काउट कर्णाली प्रर्देशका संयोजक कमल बोहराले गर्नुभयो । स्काउटले विशेष गरेर शारिरीक, मानसिक, शैक्षिक र सर्वांगिणका रुपमा फोकस गर्दै आएको संयोजक बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीको पहिलो गहना भनेको अनुसासन हो, यसलाई सही सदुपयोग गर्न सकेन भने आफै खेर जान सक्छ त्यस्लाई मनन गर्नु पर्छ । ”

त्यस्तै आफु मानसरोवर उच्च माध्यामिक विद्यालयमा अध्ययनरत रहँदा देखि स्काउटमा आफ्नो सदस्यता रहेको र त्यसकै फल स्वरुप अहिले आफु प्रर्देश संयोजक बन्न सफल भएको बोहराले बताउनुभयो । सोही विद्यालयका विद्यार्थीहरुलाई पनि स्काउट बन्न सक्ने निक्कै अवसर रहेको संयोजक बोहराको भनाई छ ।

मानसरोबर उच्च माध्यामिक विद्यालयका ३२ र बालमन्दिर माध्यामिक विद्यालयका ३२ जना विद्यार्थीलाई एक कार्यक्रमका विच स्काउट पोशाक निःशुल्क वितरण गरिएको थियो । हुम्ला जिल्ला निर्वाचन क्षेत्र नम्वर क, का सांसद एवं नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलको प्रमुख आतिथ्यमा पोशक वितरण कार्यक्रम सञ्चालन भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]