कोरोना संक्रमित डाक्टर विष्टको हेलिकोप्टर मार्फत उद्धार

बेलुमाया महतारा बुधबार, आषाढ २३, २०७८

नोवेल कोरोना भाइरसबाट संक्रमित जिल्ला अस्पताल हुम्लाका डाक्टर अमित विष्टलाई अक्सिजनको लेबल कम भएर श्वाश–प्रश्वाशमा समस्या भएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागी उद्धार गरीएको छ ।

असार १५ गते देखि जिल्ला अस्पतालमै उपचाररत रहेका डाक्टर विष्टको स्वाश–प्रश्वाश ५८ मा झरेपछि थप उपचारका लागि आज हुम्लाबाट काठमाण्डौमा रहेको शसस्त्रको एपिएप अस्पतालमा लगिएको जिल्ला अस्पताल हुम्लाका सिनिएर अनमी सरिता बोहराले जानकारी दिईन् ।

डा. विष्टको गएका चार दिनदेखि अक्सीजनको लेवल ५८ मै सिमित थियो । अक्सीजन दिएरपनि लेबल बढ्न छोडेर कोरोनाको लक्षणसमेत हरेक दिन बढ्न थालेपछि थप उपचारका लागि आज हेलिकोप्टरबाट काठमाडौं लगिएको अनमी बोरहराले जानकारी दिइन ।

कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लामै उपचार गराइरहेका डा. विष्टलाई पछिल्लो समय श्वाश फर्न गाह्रो हुने, छाती दुख्ने , खाना खान मन नलाग्ने, लामो खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण बढ्दै गएपछि रेस्क्यू गर्नु परेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

जिल्लामा अक्सिजन कन्र्सट्रेटरबाट अक्सिजन दिईएको भएपनि निको हुने लक्षण नदेखिएकोले थप उपचारका लागि काठमाडौं लिनु बाहेक अन्य विकल्प नभएको प्रमुख सिंहले जानकारी दिए ।

पाँच दिन अगाडीसम्म सामान्य देखिए पनि चार दिनपछि भने बिरामीमा समस्या आउन थाल्दा मंगलवारदेखि हेलिकप्टरको व्यवस्थाका लागि तयारी गरीएको भएपनि आज सम्रीक एयरको हेलिकप्टर हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौमा लगिएको हो । विष्टको उद्धारका लागी कर्णाली प्रदेश सरकार, संmत्रमित विष्ट आफै, र साईमण्ड संस्थाले हेलिकप्टरको हवाई भाडा व्यहोर्ने भएको बताइएको छ । यसअघि हुम्लाबाट काठमाण्डौ सम्म कोभिडका बिरामीको उद्धार गर्दा साढे नौ लाख हेलिकोप्टर भाडा लाग्ने गरेको छ । डाक्टर विष्ट सहित गरी हुम्लाबाट पाँच जनाको उद्धार गरीएको छ ।

यस्तै आज जिल्ला अस्पताल हुम्लामा तीन जनालाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लामा हाल ४७ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]