सिमकोट । हुम्लाको मुटु मानिने जिल्ला सदरमुकाम सिमकोट बजार महिनौ दिनसम्म दुर्गन्धित बनेपछि सरसफाई अभियान सञ्चालन गरिन्छ । दुर्गन्धित सिमकोट बजार क्षेत्रलाई यतिबेला सरसफाई बनाउन थालिएको छ ।
“जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना” भन्ने नाराका साथ पर्यटन क्षेत्रमा संगलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम सञ्चालन गरिएको हो । शनिवार देखि जिल्ला सदरमुकाम सिमकोटमा सरसफाई अभियान सञ्चालन भएको छ । सिमकोट गाउँपाकिलाको कार्यालय अगाडीदेखि बजारका मुख्य मुख्य चोकहरुको ढल तथा बजार सरसफाई गर्ने कार्य गरिएको छ । नेपाल टुरीजम, युएनडीपि, रेडियो नेपालको आयोजना र सिमकोट गाउँपालिकाको सहकार्यमा सरसफाई कार्यक्रम गरिएको छ ।
हिमाली जिल्ला हुम्ला पर्यटकीय क्षेत्रको एक मुख्य गन्तव्य रहेको र विगतदेखि जिल्लामा पर्यटनको आवागमन तिव्र रहेकाले शनिबारबाट करीव एक महिनासम्म सिमकोट बजारमा सरसफाई तिव्र पारीने भएको छ ।
हुम्लामा अधिकांस वेरोजगारी युवा युवतीहरुले रोजगारको सृजना गरोस र उनिहरुलाई केही राहत भन्दै उक्त संस्थाहरुले एक महिनासम्म सरसफाई अभियान सञ्चालन गरेको हो ।
सरसफाई कार्यक्रममा सहभागी मज्दुरले सिमकोट देखि नाम्खा गाउँपाकिलाको हिल्सा पदमार्ग लगायतका सडकहरुमा सरसफाई गर्दै जाने भएको रेडियो नेपाल हुम्लाका सुपरभाइजर रिन्जीन लामाले बताउनुभयो । छोटो समयमा लागु भएको टुरिजम क्षेत्रमा सफल्ता भएमा एक वर्षसम्म यसलाई नियमीत कार्य हुने भएको लामाले बताउनुभयो ।
दुई वर्ष लगातार कोभिड १९ का कारण सबै जसौ क्षेत्र लाई प्रभाव पारेको थियो त्यो भन्दा ठूलो क्षेती रोजगारका हिसावले हुम्ला जिल्लालाई पार्दै आएको हुँदा आफ्नो संस्थाले वेरोजगारीको रोजिरोटि सुनिश्चित होस भन्दै उक्त सरसफाई कार्याक्रम सञ्चालन गरिएको रेडियो नेपालका कार्यक्रम निर्देशक राकेश शाहीले बताउनुभयो । यो कार्यक्रम विशेष गरेर सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकालाई लक्षित गरिएको निर्देशक शाहीको भनाई रहेको थियो ।
रोजगारको हिसावले पनि पर्यटन पर्वद्धनमा लागेका मज्दुरलाई बढवा दिन र यसलाई नियमित रुपमा गर्नु पर्नेमा जोड दिएको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताउनुभयो ।
विगत लामो समयदेखि सिमकोट गाउँपालिकाले बजारको ढल सरसफाईका लागि दुई जना कर्मचारी राखेको भए पनि उनिहरुले खासै सरसफाईमा ध्यान नदिएको देखिएको छ । गाउँपालिकाबाट तलव खाने तर सरसफाइमा ध्यान नदिँदा सिमकोट बजार अति दुरगन्धित हुँदै गएको छ । सिमकोट बजार क्षेत्रका ढल तथा कालिन्चोक, लोकतन्त्रचोक, एर्पोटचोक, एकताचोक लगायतका मुख्य बजार क्षेत्रका चोकहरु दुर्गन्धित बनेका छन् । शनिबारबाट सिमकोट बजार सरसफाई गरेपश्चात केही सफा देखिएको छ ।