पत्रकार ऐडीको निधन

नेपालचेक समाचारदाता आइतबार, मंसिर ०५, २०७८

सिमकोट । हुम्ला जिल्लाको पत्रकार नन्द ऐडीको उपचारका क्रममा शनिवार निधन भएको छ । काठमाडौंको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्वन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिवार सुमेरु अस्पतालको आईसीयु कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उहाँका श्रीमती बबिता बुढाले बताउनुभयो । हेपाटाईटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगले ऐडी पीडित हुँदै आउनुभएको थियो ।

तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँकी २४ वर्षकी श्रीमती दुई छोरी र एक छोरा छन् । आर्थिक अबस्था कमजोर भएको कारण उहाँको उपचारमा आर्थिक समस्या भइरहेको थियो ।

उहाँको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका वडा ८ फुचाका स्थायी बासिन्दा हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]