हुम्लाका ४३ वडामा माओवादी केन्द्रको नेतृत्व चयन

दाने बोहरा आइतबार, मंसिर ०५, २०७८

सिमकोट । ४४ वडा रहेको हुम्लामा नाम्खा गाउँपालिकाको वडा ६ लिमी बाहेक अन्य जिल्लाका ४३ वडामा नेकपा माओवादी केन्द्र हुम्लाले सर्वसहमतिबाट वडा अधिवेशन सम्पन्न गरेको छ ।

नेकपा माओवादी केन्द्र हुम्लाले ४३ वटा वडा एक साथ सर्वसहमतिबाट वडा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । सातवटा गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा रहेका छन् भने लिमी बाहेक अन्य ४३ वटै वडामा अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको राष्ट्रिय सम्मेलनपूर्व शनिबार देशभरका वडामा एकसाथ भएको अधिवेशन कार्यतालिका अनुसार हुम्लाका ४३ वडामा अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र हुम्लाका जिल्ला पार्टी अध्यक्ष लालकेश जैसिले जानकारी दिए ।

कूल ४४ वडा रहेको हुम्लामा लिमीमा चिसोका कारण अधिवेशन नभएको र अन्य ४३ वडा मा सम्पन्न भएको जिल्ला अध्यक्ष जैसिले बताए ।

जिल्ला अध्यक्ष जैसीका अनुसार अधिकांस वडामा भएको अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको जिल्ला पार्टी अध्यक्ष जैसिले जानकारी दिए । वडा अधिवेशनमा बिस प्रतिशत युवा, ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित, जनजाती समावेश गरीएको अध्यक्ष जैसीले बताए । पछिल्लो समय राजनितीमा युवा पिडीको रुचि बढी देखिएको उनले बताए ।

वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]