अमूल्य मत दिएर विजयी गराउन अनुरोध
सिमकोट । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य एवम् अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन भरतपुर पुगेका फडेराले आफुलाई अमुल्य मत दिएर केन्द्रिय सदस्यमा विजयी गराउन सहभागी प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् । यसपटक राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको बताए । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई भोट दिएर आफुलाई विजयी गराउन फडेराले आग्रह गरे ।
फडेरा नेकपा एमालेको कर्णाली प्रदेश कमिटी सदस्यको रुपमा क्रियाशिल गरेका छन् । करिब डेढ दशकसम्म नेकपा एमाले हुम्ला जिल्ला कमिटीको सदस्यको रुपमा कार्यरत फडेराले २०७४ सालको स्थानीय निर्वाचनमा हुम्लाको अदानचुली गाँउपालिका बाट निर्वाचित अध्यक्ष हुन, नेकपा माओवादी केन्द्र र कांग्रेस एक हुँदा पनि अत्याधिक बहुमत ले प्रतिष्प्रधिलाई पछि पार्दै विजय हासिल गरेका फडेराले अब राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने निधो गरेको बताए । फडेराले एमालेको ९ औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यका दावेदार रहनुभएको थियो ।
नेकपा एमाले हुम्लामा प्रभावशाली र उर्जावान नेताको छवि बनाएका छन् । एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको फडेराले बताउनुभयो । त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उनको भनाइ छ ।
देशभरबाट पिछडीएको ३ सिट मध्येबाट केन्द्रिय उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
यस्तै हुम्लाबाट नेकपा एमालेको १० औँ महाधिवेशनमा ३ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो ।