गाउँघर क्लिनिक शिविरबाट ४८५ जना सेवाग्राही लाभान्वित

दाने बोहरा बिहिबार, मंसिर ०९, २०७८

सिमकोट । गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमबाट ४ सय ८५ जना सेवाग्राही लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले दुई दिन सञ्चालन गरेको गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमबाट सिमकोट गाउँपालिका वडा ७ को चौगानफया र वडा ८ को स्याँडाका ४ सय ८५ जना सेवाग्राही लाभान्वित भएका छन् ।

मङ्सिर ४ गते कर्णाली माध्यामिक विद्यालय चौगानफया र ५ गते सैपाल माध्यामिक विद्यालय स्याँडामा भएको गाउँघर क्लिनिक तथा नसर्ने रोग सम्वन्धिको कार्यक्रमबाट दुई वडाका स्थानीय नागरिक आफ्नै घर नजिकदेखि यो सेवा लिन पाएका हुन् ।

मङ्सिर ४ गते वडा ७ को कर्णाली माविमा १ सय ७१ जना र मङ्सिर ५ गते वडा ८ को सैपाल माविमा ३ सय १० जनाले उक्त सेवा लिन पाएका हुन । उक्त सेवा लिने मध्ये २ सय ६६ जना महिला र २ सय १९ जना पुरुषहरु रहेका छन् ।

दुई दिनसम्म सञ्चालन भएको गाउँघर क्लिनिक कार्यक्रममा दुई वडाका व्यक्तिहरु निशुल्क सेवाबाट लाभान्वित भएका छन् । शनिवार उक्त स्वास्थ्य केन्द्रका डाक्टर सुदित कर्ण बैद्यको नेतृत्वमा गएको टोलिले गाउँमा रहेका विरामी बालबालिका तथा वृद्धवृद्धाहरुलाई सेवा दिएर टोलि सदरमुकाम सिमकोट फिर्ता भएको आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख कृष्ण चन्द जोसिले बताए ।

त्यस्तै यतिखेर आयुर्वेद स्वास्थ्य केन्द्रले शाखा कार्यालयमा समेत पञ्चकर्म सेवा निःशुल्क रुपमा सेवा सञ्चालन गरि रहेको छ । हाल उक्त कार्यालयमा दम, बाथ लगायतका नसर्ने रोगहरुको उपचार दिने कार्य नियमित भई रहेको छ ।

जिल्लामै आयुर्वेदीक औषधि उपलव्ध भएपछि यहाँका नागरिकलाई केही सहज भएको प्रमुख जोसिले बताए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]